अमेरिकामा ट्रम्पले जितेपछि चीनबाट यस्तो प्रतिक्रिया


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजयपछि वासिङटन र चीनबीचको नीतिमा केही फरक परेतापनि दुई देशबीचको सम्बन्ध लामो समयसम्म सकारात्मक हुने अमेरिकी विज्ञले बुधबार बताएका छन् । अमेरिकामा गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिको आगमनपछि चीनप्रतिको अमेरिकी नीतिमा केही परिर्वतन हुने ‘नेसनल कमिटि अनयुएस चाइना रिलेसनस्’का अध्यक्ष स्टेफान ए ओर्लिन्सले बताएका छन् ।

अमेरिका र चीनबीच लामो समयसम्म सकारात्मक सम्बन्ध हुनेमा आफू आशावादी भएको चीनमा अध्ययन गरिरहेका अमेरिकी विद्यार्थीका प्रतिनिधिलाई स्टेफानले बताएका हुन् । अमेरिका र चीन सम्बन्धको विषयमा कैयौँ महिना र अर्थात वर्षौसम्म पनि बहस भइरहने छ ।

चीनमा बसेर अध्ययन गरिरहेका अमेरिकी विद्यार्थीलाई यस बादबिवादमा भाग लिनसमेत अध्यक्ष स्टेफानले आग्रह गरेका छन् । यसले चीन नगएका अमेरिकी नागरिकलाई पनि चीनका बारेमा नजिकबाट बुझ्न सहयोग पुग्ने स्टेफान बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com