अमेरिकी ग्रिनकार्ड, नागरिकता लगायतका विषयमा कानुनको परिधिमा रहेर पारालिगल सेवा दिन्छौं: मनमोहन सिंह घिमिरे


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वल्र्डवाइड इन्कले न्युयोर्कसिटीबाट समेत अमेरिकी अध्यागमन सहायता सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको छ । न्युयोर्क सिटी प्रशासनिक कोड २० ७७६ अनुशार लुम्बिनी वल्र्डवाइड इन्कलाई यस्तो अनुमति प्रदान गरिएको हो । स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेबाट संचालित लुम्बिनी वल्र्डवाइड इन्कले नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन फर्म भर्न सघाउने, पेशागत सपथपत्रहरु लेख्न सघाउने लगायतका पारालिगल सेवाहरु गर्दै आएको छ । यसबारे घिमिरेसँगको खसोखास सम्बाद ।

लुम्बिनी वल्डवाइड इन्कले के काम गर्छ ?

लुम्बिनी वल्डवाइड इंक विशेषगरी नेपालीलाई अध्यागमनबारेको सेवा दिने पारालिगल फर्म हो । यसले अमेरिकाको न्युयोर्कमा रहेर इमिग्रेसन सम्बन्धी काम गर्दछ । अमेरिकी कानुन अनुसार ग्रिनकार्ड, नागरिकता लगायत अध्यगमनका फारमहरु भर्न सघाउने, फारम भर्न आउनेहरुले ल्याएको डकुमेन्टलाई कानुनी रुपमा रुपान्तरण गरेर अध्यायगमन कार्यालयमा पठाउने लगायतका काममा हामी सघाउँछौं । हामीले कानुन सम्बन्धी विभिन्न विषयमा रिसर्जहरु गर्ने लगायतका काम पनि गर्छौं । आगामी दिनमा एजुकेशन कन्सल्टेन्सी संचालन गर्ने सोचमा छौँ । अमेरिकाका विभिन्न युनिभर्सिटीहरुसँग सहकार्य गरेर काम गर्ने योजना बनाएका छौँ ।

वकिल लगाउनु नपर्ने र कानुनी जटिलता नभएका केसमा तपाईहरुले कस्तो सेवा दिनुहुन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले कानुनी कामका लागि कसैलाई पनि वकिल नलगाउनुस् भन्नु मिल्दैन । जुनसुकै व्यक्तिले पनि कानुनी कामको लागि वकिल लगाउनु पाउने अधिकार हुन्छ । तर, अध्यागमनका कैयन आवेदनहरु सजिला हुने भएकाले आफैले पनि फाइल गर्न सकिन्छ । यदि तपाई सक्षम हुनुहुन्छ भने त्यो गर्न सक्नुहुन्छ । कानुनी रुपमा तपाईको केसमा कुनै पनि वाधा छैन भने प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्सहरु प्रयोग गरेर अध्यागमनका फारमहरु तयार गरेर बुझाउन सक्नु हुन्छ । त्यसमा हामीले सघाउँछौं । तर तपाईले गलत सुचना नदिने लाइसेन्सप्राप्त प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्स प्रोभाइडरहरु रोज्नुपर्छ । हामीले कानुनी सुझाव दिदैनौं तर व्यक्तिले दिएको निवेदनको आधारमा उनीहरुका भनाईहरु र अध्यागमनका फारमहरु कानुनी रुपमा तयार गर्न सघाउँछौं ।

अमेरिकामा नेपालीका कस्ताखालका अध्यागमन समस्या धेरै छन् ?

कानुनी सल्लाह माग्नेलाई मैले कानुनी व्यावसायी कहाँ जान सुझाव दिने गरेको छु । किनकी अमेरिकाको नीति नियम अनुसार मैले त्यो कुराको उत्तर दिनु मिल्दैन । ग्रिनकार्ड, टीपीएस, एसाइलम लगायतका विषयहरु अमेरिकामा रहेका नेपालीका हालका मुख्य अध्यागमन विषयहरु हुन् । कति व्यक्तिहरुले अमेरिकन नागरिकसँग विवाह गरेर ग्रिनकार्ड लिने गरेका छन् भने कतिपयले एसाइलम गरेर । एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड फाइल गर्न सकिन्छ ।

वकिलबाट लिने र प्यारालिगलबाट लिने सेवामा के फरक छ ?

समान्यतया अध्यागमनका फारमहरु भर्दा कानुनी उल्झन छैन भने आफै पनि भर्न सकिन्छ वा पारालिगलको सहयोग लिन सकिन्छ । तर वकिल नलगाउनुस् भन्न हामीले मिल्दैन । कानुनका बारेमा धेरै तरिका र नियमहरु जान्नु छ भने वकिलकोमा जानु उपयुक्त हुन्छ । सामान्यतया फारम भर्नुपरेमा वा सामान्य कामका लागि ठूलो धनराशी खर्च गर्नुभन्दा प्यारालिगल अथवा लाइसेन्सप्राप्त अध्यागमन सेवा प्रदायकबाट कम रकममा सेवा लिन सकिन्छ । युएससीआईएको वेवसाइटबाट आफै हेरेर निशुल्क फारम भर्न पनि सकिन्छ ।

तपाई कहाँ कस्ता समस्या भएका व्यक्तिहरु आयो भने समाधान पाउँछन् ?

हामीले अमेरिकी कानुनको परिधिमा रहेर एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड, अध्यागमन फारम, टीपीएस लगायतका विषयमा सेवा प्रदान गर्दै आएका छौं । हामी नेपालीहरुको बाक्लो बस्ती भएको ज्याक्सनहाइटमा छौँ । आशा गरौँ, हामीले सबैलाई राम्रो सेवा प्रदान गरेका छौ जस्तो लाग्छ । हाम्रो संस्थाबाट सेवा लिने सबै नेपालीहरु खुशी नै हुनुहुन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com