भारतीय राष्ट्रपतिको भ्रमणमा कमान्डो टोली पनि नेपाल आउने


प्रकाशित मिति : कार्तिक ५, २०७३ शुक्रबार

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो ।

परराष्ट्रका एक अधिकारीका अनुसार शिष्टाचार महापालको नेतृत्वमा आएको भारतीय टोलीले नेपालका समकक्षीको टोलीसँग भ्रमण तयारीबारे जानकारी लिएका थिए । ‘कुनै पनि देशको विशिष्ट व्यक्तिको भ्रमण अघि गरिने यो सामान्य औचारिक प्रक्रिया हो’, परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँहरूलाई हामीले भ्रमणबारे भइरहेको तयारीको जानकारी गरायौँ । ’ ती अधिकारीका अनुसार टोलीले राष्ट्रपतिले भ्रमण गर्ने भनिएको पोखरा, जनकपुरलगायत स्थानको अवलोकन भ्रमण गर्नेछन् ।

परराष्ट्र मन्त्रालयनिकट स्रोतका अनुसार भारतीय पक्षबाट राष्ट्रपतिको भ्रमणका लागि करिब चार सयको सङ्ख्यामा भारतीय कमान्डो टोली पनि आउने छन् । ‘सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति भनेर होइन कि प्रोटोकलको कारणले हो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला पनि करिब दुई सयको सङ्ख्यामा कमान्डो टोली खटिएको थियो । ’

दुई दिनसम्म रहने करिब दर्जन अधिकारीको टोलीसँगको छलफलपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको अन्तिम तालिका सार्वजानिक गरिने गाेरखापत्रमा खबर छ । मुखर्जी भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक १७ मा तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भए पनि औपचारिक घोषणा भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com