अचानक कसरी दर्ता भयो महाअभियोग प्रस्ताव ?


प्रकाशित मिति : कार्तिक ५, २०७३ शुक्रबार

संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्तो थिएन ।एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले प्रस्ताव दर्ता गराइसकेपछि मात्र यो खबर थाहा भयो । आखिर कसरी दर्ता भयो अचानक प्रस्ताव ?

एमाले अध्यक्ष केपी ओली र उनका निकटवर्ती नेताले भने केही दिनअगावैदेखि यसको तयारी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कार्कीलाई कारबाही गर्नुपर्छ भन्नेमा सैद्धान्तिक रुपमा सहमत भएपनि तत्काल महाअभियोग लगाउने पक्षमा थिएनन् ।

सर्वोच्चको म्याद छल्न झन्डै तीन साताको विदेश बसाइबाट बुधबार मात्रै स्वदेश फर्किएका कार्कीले आफ्नो पक्षमा माहोल बनाउन केही नेतालाई भ्रष्टाचारको आरोपमा पुर्जी काट्ने आकलन सहित तत्कालै महाअभियोग प्रस्ताव दर्ता भएको स्रोतको दाबी छ ।

‘निराधारै भए पनि उनले केही नेतालाई पत्रमात्रै काट्न भ्याएको भए महाअभियोगको नैतिक बल कमजोर हुन्थ्यो,’ गृहकार्यमा सहभागी एक नेताले भने, ‘कार्कीले अख्तियारको पुर्जी थमाउने र प्रचारात्मक कार्यका लागि एमाले र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका केही वरिष्ठ नेताको सूची नै तयार गरेको सूचना आएको थियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अख्तियार प्रमुखका रुपमा कार्कीले टंगालबाट सञ्चालन गरिरहेको समानान्तर सत्ताका कारण ओली, प्रचण्ड र देउवासहित प्रमुख दलका वरिष्ठ नेताहरु चिढिएका कान्तिपुरमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com