फ्लोरिडामा अध्यागमन छापामा २७१ पक्राउ, एरिजोनामा एउटै घरबाट ३४ जना पक्राउ


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

फ्लोरिडा, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा अध्यागमनको छापामा २७१ जना कागजपत्रविहिन आप्रवासीहरु पक्राउ परेका छन् । बुधबार आइसले जारी गरेको वक्तब्यमा उनीहरु ५ दिनको अवधिमा भएको अध्यागमनको छापामा पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमध्ये ९९ जनाको आपराधिक रेकर्ड रहेको जनाइएको छ । ३९ जना भने पहिले नै अमेरिकाबाट देशनिकालाको आदेश भइसकेकाहरु रहेका छन् । बाँकी सबै कागजपत्रविहिनहरु रहेको जनाइएको छ ।

मायामीबाटमात्र सबैभन्दा धेरै ७६ जनालाई पक्राउ गरिएको छ भने ब्रोवार्ड काउन्टीबाट ६५ जनालाई पक्राउ गरिएको छ ।

यसैबीच एरिजोनामा आइसको छापामा एउटै घरबाट तीनदेशका ३४ जना कागजपत्रविहिनलाई पक्राउ गरिएको छ । मंगलबार राती गरिएको छापामा पक्राउ पर्नेहरु २७ जना ग्वाटेमालाका, ५ जना मेक्सिकन र २ जना होण्डुरसका रहेका छन् ।

मानव तस्करहरुले गैरकानुनी रुपमा अमेरिका छिरेकाहरुलाई राख्न त्यो घरको प्रयोग गरेको आइसको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com