एसाइलमको फ्रडको अभियोगमा न्युयोर्कको क्वीन्सका इमिग्रेशन वकिल पक्राउ


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

नक्कली एसाइलम फाइल गरेको अभियोगमा न्युयोर्कको क्वीन्स सन्निसाइडमा कानुन व्यवसाय गर्दै आएकी एकजना कानुन व्यवसायी पक्राउ परेकी छिन् । सन्नीसाइडमा कानुन व्यवसाय संचालन गर्दै आएकी आन्द्रिया दुमित्रुले १ सय ८० भन्दा बढी नक्कली एसाइलम फाइल गरेको युएस एटोर्नी अफिसले आरोप लगाएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट उनले सन् २०१२ देखि २०१७ सम्म १ सय ८० भन्दा धेरै नक्कली एसाइलमहरु फाइल गरेको पत्ता लागेको जनाइएको छ । उनले एसाइलम आवेदकका बनाइएका नक्कली कथाहरु फाइल गरिदिएको जनाइएको छ ।

कानुन व्यवसायी दुमित्रुले उनीबिरुद्धका सबै अभियोगहरु अस्वीकार गरेकी छिन् । उनलाई हरेक एसाइलम फ्रडको एउटा काउन्ट अभियोग लगाइएको छ । उनी दोषी प्रमाणित भएमा १५ बर्षसम्म जेल जानसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com