देशनिकाला गर्न लागिएका आप्रवासी ट्याक्सी चढेर भागे न्युयोर्कको विमानस्थलबाट


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

अमेरिकाबाट देशनिकाला गर्नका लागि न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा लगिएका एकजना आप्रवासी त्यहाँबाट ट्याक्सी चढेर भागेका छन् । उनलाई विमानस्थलबाट हवाई जहाज चढाएर सेनेगल पठाउन लागिएको थियो ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका एजेन्टको हिराशतमा रहेका मोहम्मदउ लामिने मंगलबार बेलुका साढे ८ बजेतिर विमानस्थलबाट ट्याक्सी चढेर भागेका हुन् । उनलाई जोन अफ केनेडी विमानस्थलको टर्मिनल ४ मा सेनेगल जाने फ्लाइटमा राख्नका लागि एक्सरे स्क्रिनिङ गरिदै थियो ।

त्यतीबेला उनको हतकडी खोलिएको थियो । उनी अमेरिकामा सन् २००५ मा कानुनी रुपमा नै आएका थिए । तर पछि उनले आफ्नै बैध हैसियत गुमाएका थिए । उनलाई सन् २०१५ को सेप्टेम्बरमा देशनिकालाको आदेश दिइएको थियो । पहंलो ट्याक्सीमा फरार उनलाई अहिलेसम्म पनि पक्राउ गर्न सकिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com