फिंगर प्रिन्ट कागजमा दिएका कैयनको खोसिनसक्छ अमेरिकी नागरिकता


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

केही दिन अगाडि एकजना भारतीय बलजिन्दर सिंहको अमेरिकी नागरिकता खोस्ने फैसला गर्यो अमेरिकी अदालतले । न्युजर्सीको जिल्ला अदालतका न्यायाधिसले सिंहको अमेरिकी नागरिकताको प्रमाणपत्र खारेज गर्दै उनलाई ग्रिनकार्ड होल्डरका रुपमा रुपान्तरण गरिदिए । यो फैसलापछि बलजिन्दरको ग्रिनकार्ड समेत खोसेर अन्तत अमेरिकाबाट देशनिकालासम्म हुनसक्ने सम्भावना रहेको छ । बलजिन्दर सिंहको नागरिकता खोसाई अमेरिकी सरकारको नागरिकता खोस्ने ‘अपरेशन जानुस’ अन्तरगतको पहिलो सफलता हो । अर्थात् ‘अपरेशन जानुस’ को पहिलो शिकार बनेका छन् बलजिन्दर सिंह ।

‘अपरेशन जानुस’ अमेरिकी सरकारले त्यस्ता व्यक्तिबिरुद्ध लक्ष्यित गरिरहेको छ, जसले आफ्नो सक्कली पहिचान लुकाएर वा नक्कली पहिचान बनाएर अमेरिकी सरकारलाई झुक्याएर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताप्राप्त गरेका छन् । आपराधिक गतिविधि भएका वा उपयुक्त कागजातविना नै अमेरिका छिरेका तर नागरिकताप्राप्त गर्नेबेलामा युएससीआईएसले त्यो विवरण प्राप्त गर्न नसकेकाहरुमाथि अमेरिकी सरकारले अहिले ‘अपरेशन जानुस’ अन्तरगत छानविन गरिरहेको छ ।

केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा फिंगरप्रिन्टका सबै डाटाहरु नहुनेमा नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ । अरुकै भिसा र पासपोर्टमा आफ्नो फोटो टाँसेर नाम ढाँटेर अमेरिका छिर्नेहरु वा अनुहार उस्तै उस्तै रहेका कारण अरुको पासपोर्ट र भिसामा अमेरिका छिर्नेहरु ‘अपरेशन जानुस’ को फन्दामा पर्नसक्ने सम्भावना रहेको छ । त्यस्तै गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिरेर आफ्नो पहिचान ढाँटेर अमेरिकी नागरिकता प्राप्त गरेकाहरुसमेत ‘अपरेशन जानुस’ को निशानामा पर्नसक्ने सम्भावना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी सन् २००७ भन्दा अगाडि फिंगरप्रिन्ट भण्डारण गर्ने उपयुक्त संयन्त्रको अभावमा व्यक्तिले सजिलै आफ्ना विवरणहरु ढाँट्न सक्ने अवस्था थियो । त्यसैले त्यो भन्दा अगाडि अमेरिका आएर नागरिकता लिनेहरुका सन्दर्भमा मात्र ‘अपरेशन जानुस’ बढी केन्द्रीत रहेको छ ।

यसबारे विस्तारमा खसोखास साप्ताहिकको बर्ष ७, पूर्णांक २९८ मा प्रकाशित भएको छ । यदि तपाई त्यो अंक घरमै प्राप्त गर्न चाहनुहुन्छ भने १० डलर शुल्क तिर्नुपर्छ । बार्षिक ग्राहक बन्न चाहनुहुन्छ भने बार्षिक १०० डलर शुल्क तिर्नुपर्छ ।

त्यसका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com