फागुन २५, धनगढी । जिल्ला कारागारमा थुनामा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा थुनामा रहेका चौधरी फागुन २० देखि जेलभित्रै अनशनमा बसेका हुन्। पाँच दिनदेखि अनशनमा बसेका चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अहिले सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको छ।
उनीसहित थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तले जेलभित्रै अनशन थालेका हुन्। उनीसँगै अनशन सबेका विश्राम चौधरीलाई बिहीबार राति नै अस्पताल लगिएको थियो।
आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्नुपर्ने लगायत ३ बुँदे माग राखेर उनीहरुले अनशन थालेका हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।