सरकारी वक्तब्यबाट ‘आप्रवासीको देश’ हटाउने निर्देशक आप्रवासीकै छोरा


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

आप्रवासीहरुबाट बनेको देशका रुपमा परिचित अमेरिकाको सरकारी मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ शब्द हटाउने युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिसेना आफै भने आप्रवासीका छोरा रहेका छन् । उनले अमेरिकी नागरिकता र ग्रिनकार्डका लागि काम गर्ने एजेन्सी युएससीआईएसको मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ शब्द हटाएका छन् ।

सिसेनाकी आमा पेरुबाट अमेरिकामा बसाईसराई गरेकी हुन् । त्यस्तै सिसेनाकी श्रीमतिकी आमापनि मध्यपूर्वबाट अमेरिकामा बसाईसराई गरेकी हुन् । सिसेना आफै पनि परिवारमा स्पानिस भाषा बोलेर हुर्केका थिए ।

उनले यसअगाडि आफ्नो परिवार अमेरिकाको कानुनी अध्यागमन प्रणालीको उत्पादन भएको बताएका थिए । तर उनै सिसेनाले युएससीआईएसको नयाँ भिजन तय गर्दै आधिकारिक मिसन स्टेटमेन्टबाट आप्रवासीको देश शब्द नै हटाएका छन् ।

आधिकारिक मिसन स्टेटमेन्टबाट आप्रवासीको देश भन्ने शब्द हटाएपछि अब अमेरिकाले औपचारिक रुपमा आप्रवासीको देशका रुपमा रहेको परिचय बदलेको छ । युएससीआईएसले किन आप्रवासीको देश शब्द हटाएको हो भन्नेबारेमा कुनै स्पष्ट पारेको छैन ।

युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिसेनाले कर्मचारीहरुलाई पत्र लेख्दै नयाँ मिसन स्टेटमेन्टले अमेरिकाको अध्यागमन प्रणालीमा युएससीआईएसको भूमिका स्पष्टरुपमा परिभाषित गरेको बताएका थिए । सिसेना गतबर्ष ट्रम्प निर्वाचित भएलगत्तै युएससीआईएसको निर्देशक भएका थिए ।

नयाँ मिसन स्टेटमेन्टबाट भिसा वा अध्यागमन सुविधाका आवेदकलाई भनिदै आएको ग्राहक शब्द पनि हटाइएको छ । यसअगाडिको स्टेटमेन्टमा भिसा वा अध्यागमन सुविधाका आवेदकलाई ग्राहक भनिदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com