अमेरिकी सिनेटमा डाकाको मृत्यु


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका लाखौं कागजपत्रविहिनहरुको सपनाको बिहिबार अमेरिकी सिनेटमा मृत्यु भएको छ । ह्वाइट समर्थित र ह्वाइटहाउसले समर्थन नगरेको दुईवटै डाका सम्बन्धित विधयेक सिनेटबाट पारित हुन नसक्दा मार्च ५ मा अन्त्य हुंदै गरेको डाकाबारे थप अन्यौल सृजना भएको छ ।

झण्डै २० लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने र सिमा सुरक्षामा कडाई गर्ने दुईदलीय अध्यागमन सम्झौतापछिको विधयेक अमेरिकी सिनेटबाट अस्वीकृत भएको हो । डिभी लोटरी र चेन माइग्रेशनको विषय नसमेटिएको यो विधयेकको ट्रम्प र ह्वाइट हाउसले कडा विरोध गर्दै आएका थिए । यो विधयेकका पक्षमा सिनेटमा जम्मा ५४ मत प्राप्त भयो भने विपक्षमा ४५ मत प्राप्त भयो ।

बिहिबार सिनेटमा मतदान भएको अर्को ह्वाइट हाउस र ट्रम्प समर्थित डाका बिधयेक पनि पारित हुन सकेन । जसमा डिभी लोटरी र चेन माइग्रेशनको अन्त्यको विषय समेत समेटिएको थियो । उक्त विधयेकका पक्षमा जम्मा ३९ मत र विपक्षमा ६० मत खसेको थियो ।

डाकाबारेका दुईवटै बिलहरु पारित हुन नसक्दा अबको २० दिनमा खारेज हुँदै गरेको डाकामा रहेकाहरुको भविश्य थप अन्यौलग्रस्त भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com