अमेरिकी सिनेटको अध्यागमन बहस असफल, पारित भएनन् तीन वटै विधयेक


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

बाल्यकालमा अमेरिका आएका झण्डै २० लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने र सिमा सुरक्षामा कडाई गर्ने सन्दर्भको अमेरिकी सिनेटको अध्यागमन बहस अन्तत असफलतामा टुंगिएको छ । दुईदलीय अध्यागमन सम्झौता अमेरिकी सिनेटबाट पनि अस्वीकृत भएपछि बाल्यकालमा अमेरिका आएर डाका प्राप्त गरेका कागजपत्रविहिनको भविश्य थप अन्यौलग्रस्त भएको छ ।

दुईदलीय अध्यागमन सम्झौताका पक्षमा सिनेटमा जम्मा ५४ मत प्राप्त भएको छ भने विपक्षमा ४५ मत प्राप्त भएको छ । ह्वाइट हाउसले अध्यागमन सम्झौता पारित हुन नदिन भिटो प्रयोग गर्ने चेतावनीपछि अध्यागमन सम्झौता सिनेटमा तुहिएको हो । सिनेटबाट विधयेक पारित हुन ६० मतको आवश्यकता पर्नेमा ६ मत अपुग भएको छ ।

बिहिबार सिनेटमा मतदान भएको अर्को ह्वाइट हाउस समर्थित बिधयेक पनि पारित हुन सकेन । जसमा डिभी लोटरी र चेन माइग्रेशनको अन्त्यको विषय समेत समेटिएको थियो । उक्त विधयेकका पक्षमा जम्मा ३९ मत र विपक्षमा ६० मत खसेको थियो । जबकी विधयेक पारित हुन ६० मत आवश्यक थियो । यो विधयेक पारित हुन नसक्दा ट्रम्पको अध्यागमन योजना पनि असफल भएको छ ।

त्यस्तै बिहिबार नै सदनमा डाकालाई नसमेटेको अर्को अध्यागमन बिलमा समेत मतदान गरिएको थियो । त्यो बिल पनि पारित हुन सकेन । सिनेटर सुसान कोलिन्सले कुनै पनि बिलमा आफूहरुले ६० मत अवस्था आइरहेको भन्दै त्रास व्यक्त गरेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाकाबारेका दुईवटै बिलहरु पारित हुन नसक्दा अबको २० दिनमा खारेज हुँदै गरेको डाकामा रहेकाहरुको भविश्य थप अन्यौलग्रस्त भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com