टक अफ द टाउनमा अमेरिका र क्यानडाको जीवनबारे काफ्ले र ढुंगेल


प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार

 

एबीसी टेलिभिजनबाट हरेक मंगलबार प्रशारण हुने कार्यक्रम टक अफ द टाउन युएसएमा यो साता अमेरिका निवासी सामाजिक अभियन्ता शेखर ढुंगेल र क्यानडा निवासी एएनएका उपाध्यक्ष मित्र काफ्लेसँग अमेरिका र क्यानडामा नेपालीको जीवनबारे कुराकानी प्रस्तुत गरिएको छ ।

विगत २५ बर्षदेखि अमेरिकामा बस्दै आएका ढुृंगेल नेपालमा सिभिक सेन्स र पर्यटन प्रवद्र्धनका अभियन्ता हुन् । उनका आधादर्जन बढी पुस्तकहरु प्रकाशित भइसकेका छन् । त्यस्तै विगत ८ बर्षदेखि क्यानडामा बस्दै आएका काफ्ले अमेरिका क्षेत्रको पूरानो संस्था एएनएका उपाध्यक्ष हुन् भने विभिन्न संघ संस्थामा आबद्ध छन् ।

अमेरिकामा निर्माण भई नेपालबाट प्रशारण हुने टेलिभिजन कार्यक्रम गतसातादेखि मंगलबार प्रशारण हुँदै आएको छ । अमेरिकन ब्रोडकास्टिङ कर्पोरेशन न्युयोर्कसँगको सहकार्यमा अमेरिकामा छायांकन र नेपालको एबीसी टेलिभिजनबाट प्रशारण हुँदै आएको यो कार्यक्रम मंगलबार बेलुका साढे ७ बजे प्रशारण हुन्छ । यसअघि कार्यक्रम टक अफ द टाउन सोमबार बेलुका प्रशारण हुँदै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००८ बाट नेपालको एबीसी टेलिभिजनमा प्रशारण हुँदै आएको यो कार्यक्रम सन् २०११ देखि टक अफ द टाउन युएसएको नामबाट अमेरिकाबाट प्रशारण हुन थालेको थियो । केहीसमय ह्वाइट हिमाल टेलिभिजनसँगको सहकार्यमा प्रशारित यो कार्यक्रम सन् २०१२ को अन्त्यपछि अबरुद्ध भएको थियो । त्यसपछि सन् २०१५ को अक्टोबरबाट कार्यक्रम नियमित प्रशारण भइरहेको छ ।

विशेषगरी अमेरिका र अमेरिकामा रहेका नेपालीहरुका सन्दर्भमा केन्द्रीत रहने यो कार्यक्रमका संचालक पत्रकार किशोर पन्थी हुन् । पत्रकार पन्थी यस खसोखास साप्ताहिकका प्रधानसम्पादक समेत हुन् । यो कार्यक्रमका अधिकांश भागहरु अमेरिकामा नै छायांकन हुँदै आएका छन् ।

काफ्ले र ढुंगेलसँग पत्रकार किशोर पन्थीले गरेको कुराकानीको भिडियो ।

screen-shot-2016-10-05-at-7-35-45-pmscreen-shot-2016-10-05-at-7-33-55-pm screen-shot-2016-10-05-at-7-35-34-pm screen-shot-2016-10-05-at-7-38-00-pm

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com