ट्यांकर त्रिशूली नदीमा डुब्दा चालकको मृत्यु


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, नुवाकोट । रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जाँदै गरेको ट्यांकर उत्तरगया– ५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ। बा२ख ७४१६ नम्बरको उक्त ट्यांकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा डुब्दा चालक विदुर नगरपालिका– ३ का २५ वर्षका श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। बिहान करिब ११ बजे दुर्घटना भएको ट्यांकर त्रिशूली नदीमा डुबेपछि श्रेष्ठको शव अपराह्न साढे २ बजे मात्र स्थानीयवासीको सहयोगमा नदीबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिए। ट्यांकर सडकबाट करिव ५० मिटर तल पुगेर नदीमा डुबेकाले उद्धारमा ढिलाइ भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली नुवाकोट ल्याइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com