अरुण तेस्रो आयोजनामा अज्ञात समूहद्वारा बम बिस्फोट


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, संखुवासभा । अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसको निर्माणाधीन भवनमा शनिबार राति बम बिस्फोट गराएका छन् ।

संखुवासभाको चिचिला गाउँपालिका–३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।

बम विस्फोट गर्ने समूहको खोजी तीव्र पारिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । दुई वर्षअघि पनि उक्त स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com