अमेरिकामा आउने मुस्लिम पुरुषमाथि दीर्घकालिन निगरानी बढाउन प्रस्ताव (गोप्य रिपोर्टको पूर्णपाठ)
प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार
अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा सम्बन्धि एउटा रिपोर्टको ड्राफ्टमा अमेरिकामा आउने मुस्लिम पुरुषहरुमाथि दीर्घकालिन निगरानी राख्न प्रस्ताव गरिएको छ । सार्वजनिक भएको रिपोर्टको ड्राफ्ट आधिकारिक रहेको युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन अफिसर सीबीपीका अधिकारीले स्वीकारेका छन् । तर
रिपोर्ट प्रारम्भिक रहेको र त्यसमा फेरबदल अधिकारीले बताएका छन् । कस्तो फेरबदल भन्नेबारे केही खुलाईएको छैन ।
रिपोर्टमा सन् २००१ देखि सन् २०१७ को डिसेम्बरसम्म अमेरिकामा भएका २५ वटा आतंकबादी हमलाको विश्लेषण गर्दै सुन्नी मुस्लिम बाहुल्य क्षेत्रबाट अमेरिकामा आउने आप्रवासी पुरुषमाथि दीर्घकालिन निगरानी बढाउन सुझाव दिइएको छ । उक्त रिपोर्ट युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन अफिसर सीबीपीका कमिश्नर केभिन म्याकअलिननको अनुरोधमा जनवरी २२ मा तयार पारिएको हो ।
रिपोर्टमा मध्यपूर्व, साउथ एसिया र अफ्रिकाका जवान सुन्नी मुस्लिमहरु सम्भावित आतंकबादी कृयाकलापका लागि जोखिमपूर्ण रहेको इंकित गरिएको छ । चार आतंकबादी गतिविधिमध्ये तीन आप्रवासीले गराएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र जस्टिस डिपार्टमेन्टको विवादित अध्ययन प्रतिवेदन सार्वजनिक भए लगत्तै यो नयाँ रिपोर्टको ड्राफ्ट फेला परेको हो । यो रिपोर्ट फरेन पोलिसीमार्फत प्राप्त भएको हो ।
रिपोर्टको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।






