डाका समाधानमा डेमोक्र्याटले केही नगरेको ट्रम्पको आरोप


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमको समाधानका पक्षमा डेमोक्र्याटहरुले केही नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । डाकाबारे समाधान निकाल्न अब सदनसँग झण्डै १ महिनाको मात्र समय बाँकी रहेको छ । मार्च ५ को डेडलाइन नजिकिदै गर्दा राष्ट्रपति ट्रम्पले आज ट्वीटरमार्फत यस्तो आरोप लगाएका हुन् ।

डेमोक्र्याटहरुले विरोध, आरोप, शिकायत र बाधामात्र उत्पन्न गरिरहेको तर डाकाको समाधानको लागि केही नगरेको भन्दै ट्रम्पले आक्रोश पोखेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले डाकाले समेटेका र नसमेटेका गरी बाल्यकालमा अमेरिका आएका १८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने गरी अध्यागमन प्रस्ताव अगाडि सारेका छन् ।

तर यसको बदलामा सिमाक्षेत्रमा कडाईका लागि पर्खाल निर्माण लगायतका योजनामा डेमोक्र्याटहरुले सहमति जनाउनुपर्नेछ । आफ्नो चारखम्बे अध्यागमन नीतिमा ट्रम्पले चेन माइग्रेशन र डिभी लोटरीको अन्त्यको विषय समेत राखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com