ट्रम्पको अध्यागमन प्रस्ताव डेमोक्रेटिक सांसद शुमरबाट अस्वीकार


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

 

कथित ड्रिमरहरुलाई नागरिकताको बाटोमा लैजाने र बदलामा अध्यागमन प्रणाली कठोर बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले अस्वीकार गरेका छन् । न्युयोर्कका डेमोक्रेटिक सांसद शुमरले ट्रम्पलाई बाल्यकालमा अमेरिका छिरेका १८ लाख कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लगेर बदलामा अमेरिकाको कानुनी अध्यागमन प्रणाली ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

बिहिबार ह्वाइट हाउसले सार्वजनिक गरेको एकपेजको प्रस्तावमा बाल्यकालमा अमेरिका छिरेका १८ लाख कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने र बदलामा सिमा क्षेत्रमा पर्खाल लगाउन २५ बिलियन डलर निकाशा गर्ने, डिभी लोटरी खारेज गर्नेे, पारिवारिक आधारमा ग्रिनकार्डको प्रणाली संकुचित पार्ने लगायतका विषय उल्लेख छन् ।

क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटरले पनि बाल्यकालमा अमेरिका छिरेका कागजपत्रविहिनलाई ट्रम्पले अध्यागमनको नियमसँग मोलतोल गर्ने बस्तु बनाउन नहुने बताएका छन् । अमेरिकी सिनेटमा रिपब्लिकनका ५१ मत रहेकाले यो प्रस्ताव पारित गराउन डेमोक्र्याटका कम्तीमा ९ भोटको आवश्यकता रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com