नेपालीलाई अहिलेसम्कै कम अमेरिकी भिजिटर भिसा


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

नेपालीले अमेरिकाको भिजिटर भिसा पाउने दर ट्रम्प कार्यकाल सुरु भएदेखिकै सबैभन्दा कम भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार डिसेम्बर महिनामा नेपालीले अमेरिकाको भिजिटर भिसा पाएको दर ट्रम्प कार्यकालमा नै सबैभन्दा कम रहेको छ ।

डिसेम्बर महिनामा जम्मा ४४ जना नेपालीहरुले अमेरिकाको बी क्याटेगोरीको भिसा पाएका छन् । जबकी नोभेम्बरमा बी भिसा पाउने नेपालीहरुको संख्या ११६८ रहेको थियो । त्यस्तै अक्टोबरमा १२६७ नेपालीहरुले अमेरिकाको बी भिसा पाएका थिए । यसरी हेर्दा नेपालीले डिसेम्बरमा पाएको भिसा दर चालु आर्थिक बर्ष २०१८ को पनि अहिलेसम्मकै कम देखिएको छ ।

ट्रम्प कार्यकाल सुरु भएपछि गत बर्षको मार्चमा १९९६ नेपालीले बी भिसा पाएका थिए । त्यस्तै अप्रिलमा १६६२, मे मा १६२०, जुनमा २१६५, जुलाइमा १९४६, अगस्तमा १८४३ र सेप्टेम्बरमा ११३८ नेपालीहरुलाई अमेरिकाको बी भिसा प्रदान गरिएको थियो ।

यसरी हेर्दा गत सेप्टेम्बरदेखि नै नेपालीले अमेरिकाको भिजिटर भिसा पाउने दरमा कमी आएको देखिन्छ । सेप्टेम्बर अगाडि भने १६ भन्दा धेरै नेपालीहरुले नै अमेरिकाको बी भिसा पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com