राजनीतिक विचौलियाहरुवाट सिंहदरबार पुरै प्रताडित

प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

‘सिंहदरबारमा करिव २५ सय जत्ति होलटाइमर छन्।उनीहरु दिनभर,महिनाभर र वर्षैभर त्यहीँ ब्यस्त हुन्छन्। राजनीतिक विचौलियाहरुवाट सिंहदरबार पुरै प्रताडित छ।कमिसनका लागि दिनरात दौडधुप गर्नेहरुको चङ्गुलवाट सिंहदरबारलाई कसरी मुक्त राख्ने भन्ने प्रश्न निकै गम्भीर छ।

सुरेन्द्र बस्नेत

हरेकदिन विहान दशवजे सिंहदरबार पस्ने,दिनभर त्यहीँ वस्ने र कार्यालय समय सकिएपछि डेराडण्डा कस्नेहरुको विग्विगीले आजकाल सिंहदरबार आक्रान्त छ।जनताका जायज माग र मुद्दा लिएर आउने जनप्रतिनिधि वा प्रतिनिधि मण्डलको कुरा बेग्लै हो।तर सरुवा,वढुवा लगायतका काम र कमिसनको खेलले सिंहदरबार अतिरिक्त र अनावश्यक रुपमा सवभन्दा धेरै थिलोथिलो भएको सहजै वुझ्न र देख्न सकिन्छ ।यसवाट सिंहदरबारको कार्यसम्पादन पुरै प्रभावित हुने गरेको अनुमान गर्न सकिन्छ ।

‘सिंहदरबार होलटाइमर’ !

‘सिंहदरबार होलटाइमर’ हरुले आजकल सिंहदरबार आक्रान्त छ। एकजना वहालवाला मन्त्रीले भन्दै थिए–‘सिंहदरबारमा करिव २५ सय जत्ति होलटाइमर छन्।उनीहरु दिनभर,महिनाभर र वर्षैभर त्यहीँ ब्यस्त हुन्छन्। उनले थप्दै थिए’ यीनले दिनभरमा प्राय सवै मन्त्रालय ओहरद‍ोहर गर्न भ्याउँछन्।निरन्तरको अत्यासलाग्दो भेटघाटले अत्तालिएका मन्त्रीको पीडा थियो ‘सबैले काम लगाउँछन् ,तर ती काम कहाँवाट कसरी हुन्छन् भन्ने अध्ययन गर्ने र वुझ्ने समयसम्म पाउन मुस्किल पर्छ।अधिकांशको दवाव गैरकानुनी काम गराउनमा हुन्छ।’

निश्चय नै ती मन्त्रीको भोगाइमा ठुलो दम छ। सिंहदरबारमा यत्रतत्र र असरल्ल छरिएका होलटाइमरहरुले सिंहदरबार पुरै ढाकिएको हुन्छ। जनताको या कार्यकर्ताको जायज र उचित काम लिएर आउनेहरुको कुरा वेग्लै हो। यस्ता भेटघाट आवश्यक पनि छन्। तर राजनीतिक विचौलियाहरुवाट सिंहदरबार पुरै प्रताडित छ। कमिसनका लागि दिनरात दौडधुप गर्नेहरुको चङ्गुलवाट सिंहदरबारलाई कसरी मुक्त राख्ने भन्ने प्रश्न निकै गम्भीर छ। कसैको काम गरिदिए बापत निश्चित कमिसन प्राप्त गर्ने लालसालाई पेशा वनाएर मन्त्री र तिनका पिएहरुका वरिपरि फन्को मार्ने प्रवृत्तिले न त मन्त्रीलाई वलियो वनाउँछ न त सफल नै। दिनदिनै यस्ता काममा अल्झिने भएपछि समग्रमा सरकारले कुनै रचनात्मक काम गर्न पनि सक्दैन ।पहुँच नहुने सामन्य जनताको लागि त सिंहदरबार एकादेशको कथा नै हो।

प्रायोजित प्लेन टिकटको भाषाक‍ो बोलवाला

आजकाल मोफसलवाट प्लेन टिकट वा वसको टिकट वा आरामदायी रिजर्भ गाडीमा सिंहदरबार ओइरो लाग्नेको पनि ठुलै हुल भेटिन्छ।ठेगेदार,हाकिम,उद्योगी,ब्यवसायी,प्रहरी अफिसरले काटेको टिकटमा सवार भएर काठमाडौं आउने र सिंहदरबारमा सरासर त्यहि टिकटको भाषा वोल्ने प्रचलन पनि ब्यापकै वनेको छ। प्राय आम जनताको साझा सरोकारका काम भन्दा पनि निजी शुभलाभका काममा चासो धेरै पाइन्छ।प्रायजसो यस्तै भेटघाटले मन्त्रीको अधिकांश समय फजुलमा खर्च हुने गरेको देखिन्छ । एउटा काम लिएर आएपछि त्यो काम सकेर जिल्ला फर्कने भन्दा पनि अनेक काम खोजेर सिंहदरबार वसाई लम्ब्याउने प्रवृत्ति ब्याप्त छ।काठमाडौंको महङ्गो वसाई र खानपिन धान्नका लागि नयाँ नयाँ क्लाइन्ट खोज्नुपर्ने वाध्यतामा सिंहदरबार होलटाइमर पुग्छन्। यसरी यो प्रायोजनको भाषाले प्रश्रय पाउने क्रम तिव्र छ। एकप्रकारले यो निकै डरलाग्दो समस्याको रुपमा देखापरिरहेको छ।के उचित र आवश्यक हो भन्दा पनि टिकटको भाषाले प्रश्रय पाएपछि नीति निर्णयहरु दवाव र प्रभावमा हुन थाल्छन्।यसले चुस्त र वैज्ञानिक कार्यसम्पादन खण्डित हुन्छ।मन्त्री र मन्त्रालयलाई असफलताको दिशामा लान्छ।

पहुँचवालाले पहुँचविहिनलाई खाइदिने भए

मन्त्री,मन्त्रालय र सरकारलाई पहुँचवालाले हमेसा आफ्नो कब्जामा लिने प्रयत्न गरिरहेकै हुन्छ।विहान वेलुकी पुल्चोकस्थित मन्त्री क्वाटरमा तिनै पहुँचवालाको लावालस्कर देख्न पाइन्छ।वढिमा मन्त्रीका निर्वाचन क्षेत्रले सम्म पंहुच पाउँछन्।ती पनि पहुँचवाला नै भैगए।पहुँच नहुने सामन्य जनताको लागि त सिंहदरबार एकादेशको कथा नै हो।सवै सर्वसाधारण जनता लावालस्कर लागेर सिंहदरबार आउनैपर्छ भन्ने पनि हैन।तर जो आउछन् तिनले ती आवाजविहिनहरुको आवाज वोल्छन् कि वोल्दैनन् भन्ने सवाल चाहिँ मुख्य हो।पहुँचको दुरुपयोग गरि निजी एजेन्डामा त्यसलाई प्रयोग गरे भन्ने विषय मुख्य हो।यसरी पहुँचवालाले पहुँचविहिनका पक्षमा काम गर्ने समय नै खाइदिन्छन्। त्यसको दुरगामी असर सरकारको समग्रमा नीति निर्माणमा पर्न जान्छ।दिनदिनै भेटेर घेरा हालेपछि तिनको प्रभाव नपर्ने कुरै भएन।यो आफैंमा राम्रो संकेत र काइदा हुँदै हैन।यस्ता काममा दिनरात रुमल्लिनुपरेपछि कुनै पनि मन्त्री वा मन्त्रालयले कसरी रचनात्मक काम गर्न सक्ला र !

आजको दिनमा आम नेता र कार्यकर्ताको निम्ति सिंहदरबारको मोर्चा मुख्य हुँदै हैन।प्रदेस,जिल्ला ,गाउँ,नगर हुँदै जनताका घरदैलोमा जाने काम मुख्य हो।संगठन निर्माणको काम मुख्य हो।सरकारले जतिसुकै राम्रो काम गरेपनि यदि त्यसलाई सहि ढंगले जनताका विचमा लाने पार्टी संगठन भएन भने त्यसको कुनै अर्थ हुंदैन।

मन्त्री र सचिवालयले पनि घेरा तोड

कुनै एउटा मन्त्री आएपछि त्यहि मन्त्रीका आफन्त,नातागोता र आसेपासेको हालीमुहाली वढ्छ।तिनले हमेसा मन्त्रीलाई आफ्नो दवाव र प्रभावको घेरामा राखिरहन चाहन्छन् ।हरेक दिन तिनैले मन्त्री र मन्त्रालयलाई फेरो मारिरहेका हुन्छन्।तिनको जालोले अरुलाई नजिक पर्न नै नदिने सम्मको स्थिति आउँछ।मन्त्री र तिनको सचिवालय यस्ता कुराको दवावमा नजानिंदो तवरले फसिरहेको हुन्छ।विहान पनि,दिउँसो पनि,वेलुका पनि,आजपनि,भोलि पनि निरन्तर उहीँ पात्र र उहीँ प्रवृत्तिले ठाउँ लिइरहेको हुन्छ।मन्त्री र मन्त्रीको सचिवालयले यस्ता कुरालाई निर्ममतापुर्वक चिर्न सक्नुपर्छ ।घेरा तोड्ने हिम्मत गर्नुपर्दछ।कसैले मन्त्रीलाई रातोदिन आफ्नो पञ्जामा राख्ने ,तर कसैले कहिल्यै पहुँच नपाउने कुरा न्यायपुर्ण हुनै सक्दैन।आफन्त,आफ्नो निर्वाचन क्षेत्र र आफ्नो गुट वा उपगुटको मात्र चंगुलमा फस्यो भने त्यो मन्त्रीले कसरी जनता र राष्ट्रको काम गर्छरुत्यसैले मन्त्रीले यी सवै सिमा र घेरा तोडेर अघि वढ्ने साहस गर्नैपर्छ।

कार्यकर्तालाई गाउँ पठाऊ प्रचण्ड

प्रचण्ड सिंहदरबार पसेपछि सवै नेता कार्यकर्ता पनि सिंहदरबारमै केन्द्रित हुने कुरा वेठिक छ।पहिलो पार्टी वनाउने उद्घोष गरेका प्रचण्डको योजना प्रचण्डले जादुको छडि लगाएर मात्र पूरा हुने हैन।त्यसका लागि देशभरका आम नेता कार्यकर्ता सम्पर्ण रुपमा परिचालित र संकल्पवद्ध हुनुपर्ने हुन्छ।पार्टी निर्माणको चुनौतीपूर्ण काममा सिङ्गो पंक्ति लाग्नुपर्छ।पार्टी निर्माणमा प्रचण्ड कसिंदा कसिने अनि प्रचण्डले फरक मोर्चा सम्हाल्ने बित्तिकै आम नेता कार्यकर्ताहरुले सवै काम कुरा छाडेर प्रचण्डकै वरिपरि घुमेर कसरी पार्टी वन्छ रु

सवैले वुझ्न जरुरी छ अहिले सरकारको नेतृत्व वहुमत हासिल गरेर वा पहिलो दल भएर प्राप्त भएको हैन।धेरै लामो समयका लागि पनि यो मौका प्राप्त भएको हैन।सरकार छाडेका भोलिपल्ट हामी संग कस्तो पार्टी रहन्छ भन्ने विषय निकै अहम छ।पार्टी बलियो भए सवैकुरा प्राप्त हुँदै जान्छ। तर पार्टी नै कमजोर भयो भने भएका चिज पनि गुम्दै जान्छन्।त्यसैले आजको दिनमा आम नेता र कार्यकर्ताको निम्ति सिंहदरबारको मोर्चा मुख्य हुँदै हैन।प्रदेस,जिल्ला ,गाउँ,नगर हुँदै जनताका घरदैलोमा जाने काम मुख्य हो।संगठन निर्माणको काम मुख्य हो।सरकारले जतिसुकै राम्रो काम गरेपनि यदि त्यसलाई सहि ढंगले जनताका विचमा लाने पार्टी संगठन भएन भने त्यसको कुनै अर्थ हुंदैन।

त्यसैले पार्टीको काम पुरै वेवारिसे छाडेर सिंहदरबारको होलटाइमर हुने हैन,पार्टी कामकै अभिन्न अङ्गक‍ो रुपमा मात्र सरकारको मोर्चा संग जोडिनु आवश्यक छ।एउटा आन्दोलनको रुपमा आएको माओवादी सुब्यवस्थित पार्टी अझै वन्न सकिरहेको छैन।त्यससकारण अध्यक्ष प्रचण्डले एकपटक सवै नेता कार्यकर्तालाई गाउँ जान विशेष अपिल गर्नुपर्दछ।सिंहदरबारको काम तोकिएकाहरुले गरेहुन्छ। स्रोत : एभरेष्ट दैनिक

 

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com