पोर्तुगलको आरक्षण क्षेत्रमा कैयन नेपाली कामदार टहरोमा, खाली गराउन सरकारी निर्देशन
प्रकाशित मिति : पुस ५, २०७४ बुधबार
– गणेश पाण्डेय / पोर्तुगल
पोर्तुगलको कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण पनि बन्दै आईरहेको छ। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा कृषिक्षेत्रमा हुने श्रम शोषण र मानब तस्करी पोर्तुगल सरकारको टाउको दुखाईको बिषय बनेको छ।
ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी सेफको चेकजाचको क्रममा नेपालीहरु रोहिंगा शैलीमा पोर्तुगलको आरक्षण क्षेत्रमा जस्ताको टहरो बनाएर बस्दै आईरहेको भेटेको छ। जीवनका लागि न्युनतम सुविधाहरु पानी, बिजुली र शौचालय पनि नभएको र सो क्षेत्रमा बसोबास गर्नु नै गैरकानुनी भएको सेफले जनाएको छ।
पछिल्लो समयमा युरोपमा मानब तस्करीहरुको केन्द्र नै पोर्तुगल बन्दै आईरहेको छ। यहाँ विभिन्न समाज र संस्था गठन गरेर ठगी, दलाली र मानब तस्करी गर्ने नेपालीहरुको जमात पनि पढ्दो छ। बिशेषत कृषिमा सरकारी कोटामा कामदारहरु ल्याएर करीब एक लाख २० हजार सरकारी दस्तुरका अतिरिक्त मानब तस्करीहरु संगको सेटिङ्मा १२-१२ लाख भन्दा बढी असुल्ने कृषि ब्यवासीहरु मालामाल हुने र श्रमिकहरुको जीवन बेहालभएका तथ्यहरु बारम्बार पोर्तुगिज मिडियाहरुमा पनि आईरहनुले पुष्टी गर्छ।
पोर्तुगलको अध्यागमन प्रहरी सेफले सबैभन्दा बढी निरीक्षण र निगरानी गर्ने क्षेत्र नै कृषी हो। सेफले बिगतका महिनाहरुमा मात्रै २०० भन्दा बढीलाई कृषी क्षेत्रमा निरीक्षण र पक्राउ गरेको थियो। कृषि मजदुरसंग भएका कामका करारहरु कानुनसंगत नभएको र नक्कली भएको आशंकामा अझै पनि सेफको अनुसन्धानको धेरामा छन्।
दशौ बर्षदेखी पोर्तुगलमा ब्यासाय गर्दै आयका एक नेपाली भन्छन् ” कृषि क्षेत्रमा हुने गरेको श्रम शोषण र मानब तस्करीका घटनाहरुबढ्दै जानु र श्रमिकहरुको उजुरीहरु सेफमा धेरै संख्यामा आउन थालेपछि सेफको कडा निगरानी रहेको कृषि व्यवसाय धेरै नेपालीहरुले छोडेका छन् भने कयौले कानुनी झमेलाबाट बच्न अरुको नै नाममा आफ्नो व्यवसाय गलत तरिकाले गर्दै आएका छन्, जुनदिन कानुनको नजरमा पर्छन, मालिक त बच्लान तर जसको नाममा व्यवसाय छ, उनीहरु फस्ने निश्चित छ। ”
नेपालीहरुबाट नै नेपालीहरु मानब तस्करी र चरम श्रम शोषण गरेको अभियोगमा यसअघि पनि २ जना नेपाली र एक पोर्तुगिज नागरिकलाई पोर्तुगलको अदालतले १४ र १३ बर्षको जेल सजाय सुनाईसकेको छ जसमा २३ जना नेपालीहरु आरक्षण क्षेत्रमा टहरोमा एकदमै निम्न जीवनस्तरमा बस्दै आएको र चरम श्रम शोषण र मानब तस्करी पिडित भन्दै सेफले उद्धार गरेको थियो।
हालै मात्र अल्सेसर दो सालको बारुण नियन्त्रण शाखाले एक रिपोर्ट प्रस्तुत गर्दै त्यस क्षेत्रबाट सबै टहराहरु हटाउन भनेको छ। पोर्तुगलको वातावरण मन्त्रालयले ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा अनुशन्धान गर्दै त्यसक्षेत्रमा जस्ताका टहराहरु बनाएर बसेका नेपालीहरुले जताततै दिशापिसाब गेरको, फोहोर गरेको र आठ मिटरसम्म रुखहरुको हालत खराब गेरको एक रिपोर्ट निकालेको छ।
सेफ र वातावरण मन्त्रालयले ३० दिनभित्र सो क्षेत्र खाली गराउन र सरसफाई गरी वृक्षारोपण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिईसकेको छ।






