अमेरिकी जेलमा रहेका ७ कागजपत्रविहिनले सुरु गरे भोक हडताल


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

देश निकालाको खतरामा रहेका अमेरिकी जेलमा रहेका ७ जना कागजपत्रविहिन आप्रवासीहरुले भोक हडताल सुरु गरेका छन् । संसदले क्लिन ड्रिम एक्ट पारित नगरेसम्म वा पारित गर्ने प्रतिबद्धता नजनाएसम्म भोक हडताल जारी रहने उनीहरुले चेतावनी दिएका छन् । ड्रिम एक्ट २०१७ ले १८ बर्षभन्दा कम उमेरमा अमेरिका आएका र कम्तीमा ४ बर्ष अमेरिकामा बसिसकेका कागजपत्रविहिनलाई शर्तसहितको ग्रिनकार्ड आवेदनका लागि अनुमति प्रदान गर्छ । यदि आवेदकले काम, शिक्षा र सैन्य सेवाका मापदण्ड पूरा गर्न सकेमा उनीहरु ग्रिनकार्डका लागि आवेदन दिन र अमेरिकी नागरिकता प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाका कार्यक्रम अन्त्यको घोषणा गर्दै यसबारै स्थायी समाधानका लागि संसद समक्ष आब्हान गरेर डेडलाइन तोकेकाले संसदले बिलम्ब नगरी ड्रिम एक्ट पारित गर्नुपर्ने भन्दै भोक हडताल सुरु गरिएको हो । उनीहरु गत शुक्रबार सिनेटर चक सुमेर र सांसद कार्लोस कर्बेलोको अफिसबाट पक्राउ परेका हुन् । पक्राउ परेदेखि नै उनीहरुले केही नखाई भोक हडताल सुरु गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com