डिभी अन्त्य गरेर दक्षहरु अमेरिका ल्याउनुपर्छ : ट्रम्प (सम्बोधनको पूर्ण पाठ)


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

मेरा अमेरिकन मित्रहरु,

मैले यो साता हाम्रो सेनाको पुननिर्माणका लागि एक ऐतिहासिक कदम राष्ट्रिय सुरक्षा प्राधिकरण ऐनमा हस्ताक्षर गरें । अब सम्पूर्णरुपमा हाम्रा सैन्य आवश्यकताहरु पूरा गर्ने स्वच्छ सरकार अनुमोदन विधेयक पारित गराउने काम सदनका लागि महत्वपूर्ण रहेको छ । हामीले हाम्रा सेनाका साथमा राजनीति खेल्नुहुँदैन । हामीले राजनीतिबाट अलग रहेर यो विधेयक पारित गर्नुपर्छ । हामीले हाम्रो देशको रक्षा गर्नुपर्छ ।

आज म अमेरिकीहरुका लागि काम लाग्ने गरी हाम्रो अध्यागमन प्रणालीमा सुधार गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नका लागि पनि समय लिन चाहन्छु । हाम्रो वर्तमान अध्यागमन प्रणालीले विशेष प्रकारका रुचीहरुलाई सहयोग गर्छ तर अमेरिकन कामदार, करदाता र राष्ट्रिय सुरक्षाका लागि यो हानिकारक छ ।

दशकौंदेखि अमेरिकाको अध्यागमन नियमहरु चेन माइग्रेशन जस्तो आउटडेटेड प्रणालीमा आधारित रहेको छ । चेन माइग्रेशन मार्फत विदेशी नागरिकहरु अमेरिकामा आएर उनीहरुका विदेशी आफन्तहरुलाई असिमित संख्यामा ल्याउन सक्छन् । एउटा आप्रवासीहरुले यो सांग्लोको सुरुवात गरेर टाढाटाढाका आफन्तहरु तीब्र गतिमा अमेरिका ल्याउनसक्छ ।

उनीहरु पारिवारिक सम्बन्ध भएको आधारमा मात्र अमेरिकामा आएका हुन्छन् न कि कुनै क्षमता वा दक्षताका आधारमा । यसरी आउने अधिकांश आप्रवासीहरु अमेरिकाको संघीय वेलफेयरमा भार पर्नेगरी आउने क्षमताहिनहरु हुन्छन् । त्यहाँ कुनै वास्तविक छनौटको मापदण्ड पनि छैन । वर्तमान प्रणाली राष्ट्रिय सुरक्षाका सन्दर्भमा पूर्णरुपमा असंगत रहेको छ ।

यो सातामात्र एकजना आतंककारीले न्युयोर्कको व्यस्त सबवेमा व्यस्त समयमा पाइप बम बिष्फोट गराउँदा निर्दोष अमेरिकनहरु घाइते भए । बम पड्काउने व्यक्ति चेन माइग्रेशनमार्फत अमेरिका आएको थियो ।

यो समय अमेरिकी समाजमा सकारात्मक योगदान दिनसक्ने र आफ्नो क्षमताले आफैलाई आर्थिक रुपमा सबल बनाउन सक्ने व्यक्ति अमेरिका आउनसक्ने गरी योग्यतामा आधारित अध्यागमन प्रणालीको सृजना गर्ने बेला हो जसले आधुनिक अर्थतन्त्रमा अर्थ राख्छ । हामी त्यस्तो व्यक्ति अमेरिका आएको चाहन्छौं जसले अमेरिकालाई माया गर्न सक्छ ।

यो प्रकृयाको सुरुवात तबमात्र हुन्छ, जब सदनले चेन माइग्रेशन र भिसा लोटरी (डिभी) खारेज गर्नेगरी बिल पारित गर्छ । मैले संसदलाई ठ्याक्कै त्यही गर्नका लागि आब्हान पनि गरेको छु । चेन माइग्रेशन र भिसा लोटरीको अन्त्यले हामीलाई समायोजनकारी र ज्याला बृद्धिलाई प्रवद्र्धन गर्ने अध्यागमन नियम प्राप्त गर्नका लागि अनुमति प्रदान गर्छ । चेन माइग्रेशन र भिसा लोटरीको अन्त्यले महत्वपूर्णरुपमा सुरक्षालाई पनि प्रवद्र्धन गर्छ । साथै यसले पूरानो र नयाँ अमेरिकनहरुलाई फक्रिन र समृद्ध हुनका लागिसमेत सहयोग गर्नेछ ।

धन्यबाद । भगवानले अमेरिकालाई आशिर्वाद दिउन् ।

ट्रम्पको साप्ताहिक सम्बोधनको भावानुवाद । सम्बोधनको पूर्णपाठ यहाँ पढ्न सक्नुहुनेछ । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com