एमाले ५५, माओवादी केन्द्र २२, कांग्रेस ११


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

निर्वाचन आयोगबाट आइतवार अपरान्ह ४ बजेसम्म प्राप्त विवरण अनुसार प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुनेतर्फ नेकपा एमालेका उम्मेदवार ५५ स्थानमा विजयी भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार २२ स्थानमा विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा विजयी भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा आफ्ना प्रतिद्वन्द्वी खगराज भट्टभन्दा झण्डै ७ हजार मत अन्तरले जितेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद रिजालले बीबीसीलाई जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन्।

उनले एमालेका कृष्णकुमार श्रेष्ठभन्दा ७ हजार कम मत पाएको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।

ओलीले ५७,१३९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८,२९७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले ४ स्थानमा जितेका छन्।

राष्ट्रिय जनता पार्टी नेपालले ३ स्थानमा जितेको छ।

अन्य दलका उम्मेदवारले ३ स्थानमा जितेका छन्।

अग्रता

अपरान्ह ४ बजेसम्म नेकपा एमालेका उम्मेदवार २२ स्थानमा अगाडि छन् भने माओवादी केन्द्रका १३ उम्मेदवार अग्रस्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसका उम्मेदवार १३ स्थानमा अगाडि देखिएका छन्।

राजपा नेपाल ८ र संघीय समाजवादी फोरम नेपाल ७ स्थानमा अगाडि रहेका छन्।

अन्य दलका उम्मेदवार २ स्थानमा अगाडि छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com