एक सर्वेक्षणको निष्कर्ष – आइसको कारबाहीप्रति अधिकांश अमेरिकी नागरिक असन्तुष्ट


प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको व्यापक निर्वासन अभियानअन्तर्गत सञ्चालनमा आएको इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस)का कारबाहीप्रति अमेरिकन नागरिकहरूको ठूलो भाग असन्तुष्ट देखिएको छ। नयाँ सार्वजनिक सर्वेक्षणका अनुसार अमेरिकीहरू आइसका गतिविधिप्रति चिन्तित देखिएका हुन् ।

हालै सार्वजनिक गरिएको YouGov को सर्वेक्षणअनुसार ५३ प्रतिशत अमेरिकी नागरिकले आइसको कार्यशैलीप्रति असहमति जनाएका छन्। यस्तै, ३९ प्रतिशतले भने आइसको कारबाहीलाई समर्थन गरेका छन्।

ट्रम्प प्रशासनले पछिल्लो समय लस एन्जलस, शिकागो र वासिङ्टन डी.सी. जस्ता डेमोक्र्याट नेतृत्वका प्रमुख सहरहरूमा कडा आप्रवासन निगरानी र छापामारी कारबाही तीव्र पारेको छ। छापा अभियानका क्रममा अमेरिकामा बस्न कानुनी अनुमति नपाएका व्यक्तिहरूलाई पक्राउ गरिँदै आएको छ। यससँगै विद्यालय, चर्च र कार्यस्थलहरूलाई समेत लक्ष्य बनाइने क्रम बढेको छ।

सर्वेक्षणमा सहभागी ५५ प्रतिशत अमेरिकीले आइसले कहिलेकाहीँ वा प्रायः अमेरिकी नागरिक तथा कानुनी आप्रवासीहरूलाई समेत गलत रूपमा पक्राउ गर्ने गरेको बताएका छन् । त्यसैगरी, ६१ प्रतिशतले कुनै आप्रवासन वा कस्टम्स उल्लङ्घन नगरेका व्यक्तिहरूलाई समेत पक्राउ गरिने गरेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसका कारबाही अत्यधिक बलपूर्वक भएको धारणा पनि प्रबल बनेको छ। सर्वेक्षणमध्ये ५२ प्रतिशतले आइसको रणनीति अत्यन्तै बल प्रयोगमा आधारित भएको बताए भने २६ प्रतिशतले त्यसलाई ‘ठिकै’ मानेका छन्। ११ प्रतिशतले यो पर्याप्त कडा नभएको राय दिएका छन्।

यस्तै, ४६ प्रतिशत अमेरिकीले आफूले चिनेको कसैलाई आइसबाट दुर्व्यवहार हुनसक्ने डर व्यक्त गरेका छन्। जबकि ४७ प्रतिशतले यसबारे खासै चिन्ता नरहेको बताएका छन्।

YouGov ले अक्टोबर ८ देखि १२ तारिखसम्म एक हजार ६५ जना अमेरिकी प्रौढ नागरिकबीच अनलाइन सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणको त्रुटि सीमा करिब चार प्रतिशत अंक रहेको जनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com