हिंशात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुका भिसा अस्वीकार


प्रकाशित मिति : आश्विन ३, २०८२ शनिबार

नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंशालाई कारण देखाउँदै क्यानडाद्वारा कैयन नेपालीहरुका भिसा अस्वीकार गरिएको छ । क्यानडा घुम्न र अध्ययनका लागि जान आवेदन दिएका नेपालीहका भिसा नेपालको पछिल्लो घटनाक्रमपछि उल्लेख्य रुपमा अस्वीकार गरिएको छ ।

भिसा अस्वीकृतिपछि इमिग्रेशन, रिफ्युजी एण्ड सिजिटनसिप क्यानडाले आवेदकलाई दिएको र खसोखासले प्राप्त पत्रमा भनिएको छ, “सेप्टेम्बर २०२५ मा आवेदक नागरिक रहेको देशमा ठूलो हिंसात्मक विरोध प्रदर्शनहरू भए तथा सुरक्षा र वित्तीय स्थितिमा गम्भीर गिरावट आयो। आवेदकको वर्तमान परिस्थिति र हालको देशको अवस्थामा क्यानडामा पारिवारिक सम्बन्ध र आर्थिक अवसरहरूको तुलनामा क्यानडाबाट प्रस्थान गर्न प्रेरित गर्ने पर्याप्त सम्बन्धहरू छन् भन्ने कुरामा म सन्तुष्ट छैन।”

नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंशालाई कारण देखाउँदै क्यानडाद्वारा भिसा अस्वीकार गरिएको पत्र

भिसाबारे निर्णय गर्ने अधिकारीको नोटमा नेपालको देशको अवस्थालाई उद्धृत गर्दै भिसा अस्वीकार गरिएपछि आवेदकहरु चिन्तित भएका छन् । नेपालीको क्यानडाको भिसाको निर्णय सामान्यतया बैंकक र सिंगापुरमा रहेको क्यानेडियन भिसा अफिसले गर्दै आएको छ । क्यानडाको विद्यार्थी भिसाका कतिपय  नेपाली आवेदकको भिसा समेत नेपालको देशको अवस्थालाई उद्धृत गर्दै अस्वीकार गरेपछि क्यानडामा अध्ययनको सपना देखेका विद्यार्थीहरु समेत चिन्तित भएका छन् ।

अन्य देशले पनि नेपालको पछिल्लो अवस्थाका आधारमा भिसा अस्वीकार गरिरहेका जानकारीहरु प्राप्त भएका छन् । पछिल्लो तथ्यांक अनुशार पनि नेपालको पासपोर्ट विश्वका टपटेन कमजोर पासपोर्टहरुमा पर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेन्ले ग्लोबलको तथ्यांक अनुशार विश्वका पासपोर्टहरुको नम्बरमा नेपाल एकसय नम्बरमा पर्छ भने टपटेन कमजोर पासपोर्ट भएका विश्वका देशहरु अफगानिस्तान, सिरिया, इराक, यमन, पाकिस्तान, सोमालियापछि नेपालको पासपोर्टपर्छ भने प्यालेष्टाइन, नर्थ कोरिया र लिबियाका पासपोर्टहरु नेपालको भन्दा बलियोमा पर्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com