अमेरिकी नागरिकताका लागि अब कठिन र धेरै प्रश्नहरु, यस्ता छन् १२८ प्रश्नहरु


प्रकाशित मिति : आश्विन १, २०८२ बिहीबार

Photo: USCIS

युएससीआईएसले सन् २०२५ को नयाँ नागरिकता परीक्षा लागु गर्ने सम्बन्धी आधिकारिक सूचना आज फेडरल रजिष्ट्ररमा प्रकाशित गरेको छ। । नयाँ परीक्षा अक्टोबर २०, २०२५ वा त्यसपछि नागरिकताका लागि आवेदन दिने व्यक्तिहरूका लालागि लागु हुनेछ । अक्टोबर २० पछि नागरिकता आवेदन दिनेहरुका सन्दर्भमा नयाँ परीक्षा प्रणाली लागु हुने भएतापनि त्यस अगाडि आवेदन दिनेहरुले भने पूरानै परीक्षा प्रणाली अन्तरगत परीक्षा दिन पाउनेछन् ।

यो परिवर्तनले हाल चलिरहेको सन् २००८ को नागरिकता परीक्षामा महत्त्वपूर्ण बदलाव ल्याएको छ र यो सन् २०२० को नागरिकता परीक्षा लाई पुन लागु गर्ने प्रक्रिया हो। अघिल्लो ट्रम्प प्रशासनले सन् २०२० मा नागरिकता परीक्षामा परिवर्तन गरेपनि पछि बाइडेन प्रशासनले त्यसलाई लागु गरेको थिएन ।

नयाँ परीक्षा नागरिकताको अन्तर्वार्तामा सोधिने प्रश्नहरूको सङ्ख्या १० बाट बढाएर २० बनाइएको छ । आवेदकहरूले पास हुनका लागि कम्तीमा १२ प्रश्नको सही जवाफ दिनुपर्नेछ। कुल सम्भावित प्रश्नहरूको सङ्ख्या पनि १०० बाट बढाएर १२८ बनाइएको छ।

सबै १२८ प्रश्नहरु हेर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परीक्षाको अङ्ग्रेजी भाषाका बोल्ने, पढ्ने र लेख्ने भागहरू उस्तै रहनेछन्, तर नयाँ प्रश्नहरू साधारण घोकाइभन्दा पर रहेर थप व्यापक सोचको आवश्यकता पर्ने गरी डिजाइन गरिएका छन्। कतिपय प्रश्नहरु किनबाट सुरु गरिएका छन् । स्वतन्त्रताको घोषणापत्र किन महत्त्वपूर्ण छ ? जस्ता प्रश्नहरु समावेश गरिएका छन् । युएससीआईएसले नयाँ परीक्षाका लागि अध्ययन सामग्रीहरू आफ्नो वेबसाइटमा उपलब्ध गराइसकेको छ, जसमा १२८ वटा प्रश्न र तिनीहरूका जवाफहरू समावेश छन्।

अन्तर्वार्ताको समयमा, आवेदकले १२ वटा प्रश्नको सही जवाफ दिएर पास भएपछि वा ९ वटा प्रश्नको गलत जवाफ दिएर फेल भएपछि अधिकारीले परीक्षा लिन बन्द गर्नेछन्। यो सन् २०२० को संस्करणको प्रक्रियाबाट एउटा प्रक्रियागत परिवर्तन हो, जसमा आवेदकको प्रदर्शन जस्तो भए पनि सबै २० वटै प्रश्न सोधिन्थ्यो।

६५ वा सोभन्दा बढी उमेरका र कम्तीमा २० वर्षदेखि कानुनी स्थायी निवासी रहेका आवेदकहरूका लागि सरलीकृत परीक्षण जारी रहनेछ। यी आवेदकहरूलाई २० वटा विशेष प्रश्नहरूको समूहबाट १० वटा प्रश्न सोधिनेछ र पास हुनका लागि उनीहरूले ६ वटाको सही जवाफ दिनुपर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com