ग्रिनकार्ड स्वीकृति अघि पब्लिक चार्ज नियम कडाइका साथ लागू गर्न अधिकारीहरूलाई निर्देशन
प्रकाशित मिति : भाद्र २४, २०८२ बुधबार
ग्रिनकार्ड स्वीकृत अघि पब्लिक चार्जको नियम कडा तरिकाले लागु अधिकारीहरुलाई निर्देशन दिदै युएससीआईएसबाट नयाँ मेमो जारी गरिएको छ । यो निर्देशन राष्ट्रपति ट्रम्पको प्राथमिकता अनुरुप जारि गरिएको हो, जसले सार्वजनिक लाभहरूमा कागजात नभएका आप्रवासीलाई पहुच दिन नहुनेमा जोड दिएका छन्।
अमेरिकी आप्रवासन र राष्ट्रियता ऐन अन्तर्गत पब्लिक चार्जका आधारमा ग्रिनकार्ड अस्वीकार गर्ने आधारलाई कडाइका साथ लागू गर्न युएससीआईएसका अधिकारीहरूलाई निर्देशन दिइएको हो । भिसा, प्रवेश, वा ग्रिनकार्डका लागि आवेदन गर्ने विदेशीहरूले उनीहरूले अमेरिकामा सार्वजनिक लाभ प्राप्त नगर्ने प्रमाणित गर्नुपर्छ, जुन सरकारी सहायता वा दीर्घकालीन संस्थागत सुविधाको माध्यमबाट निर्भर हुने अवस्थालाई जनाउँछ।
यो नीति शताब्दी पुरानो आत्मनिर्भरताको सिद्धान्तमा आधारित छ, जुन १९९६ मा पारित ऐन र अवैध आप्रवासन सुधार र आप्रवासी जिम्मेवारी ऐनद्वारा बलियो बनाइएको छ। यी कानूनहरूले विदेशीहरूको सार्वजनिक लाभमा पहुँच सीमित गरेका छन् । साथै उमेर, स्वास्थ्य, परिवारको स्थिति, सम्पत्ति, स्रोत, वित्तीय स्थिति, शिक्षा र सीपहरू जस्ता कारकहरूको मूल्यांकन गर्नुपर्ने व्यवस्था गरेका छन्।
युएससीआईएसले अधिकांश आप्रवासीहरूलाई स्पोन्सर फर्म पेश गर्नुपर्ने नियम पनि तोकेको छ, जसले परिवारको आकारको आधारमा ग्रिनकार्ड आवेदकलाई आर्थिक सहायता सुनिश्चित गर्छ। यद्यपी नयाँ मेमोले मेमोले पब्लिक चार्ज परीक्षणमा विचार गरिने लाभहरू परिवर्तन गरेको छैन ।
बाइडेनकालिन पब्लिक चार्ज नियम अझै पनि लागू छ भने पब्लिक चार्ज नीति परिवर्तन भएको छैन।यो मेमोले ग्रिनकार्ड आवेदनहरूको निर्णय गर्ने युएससीआईएस अधिकारीहरूलाई थप मार्गदर्शन मात्र प्रदान गर्छ र बाइडेन नीति संरचनाअन्तर्गत कडा समीक्षा गर्न स्मरण गराउँछ।
उदाहरणका लागि, बाइडेन नीति अनुसार ग्रिनकार्ड आवेदकहरूले फर्ममा पब्लिक चार्ज सम्बन्धी सबै प्रश्नहरू भर्नुपर्ने अधिकारीहरूलाई स्मरण गराइएको छ । यदि कुनै प्रश्न खाली भएमा वा अनुरोध गरिएको जानकारी प्रदान नगरिएमा आवेदक पब्लिक चार्जको आधारमा अयोग्य ठहरिनेछ।
साथै छूट नभएका आवेदकहरूले स्पोन्सर पेश गर्नुपर्छ अन्यथा, उनीहरू अयोग्य हुनेछन्। फर्ममा पब्लिक चार्ज निर्धारणबाट छूट दाबी गर्ने आवेदक वास्तवमा छूटको लागि योग्य भए नभएको निर्धारण गर्न अधिकारीहरूलाई फर्महरूको दोहोरो जाँच गर्न पनि स्मरण गराइएको छ । आवेदकले आफ्नो घरपरिवारको आकार सही रूपमा गणना गरेको छ कि छैन भन्ने पनि सुनिश्चित गर्न स्मरण गराइएको छ ।
मेमोले ग्रिनकार्ड आवेदनको निर्णय प्रक्रियाको लागि प्रक्रिया उल्लेख गरेको छ, जसमा छूट नभएको अवस्थामा आइटम ५७- ६६ पूरा गर्नुपर्छ । अपूर्ण आवेदनका थप कागजातको अनुरोध वा आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरिन्छ। स्पोन्सरको वित्तीय क्षमता गहिराइसाथ समीक्षा गरिनेछ ।






