भूमध्यसागर पार गर्ने क्रममा आप्रवासी ३ दिदीबहिनीको ज्यान गयो


प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार

भूमध्यसागर पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृतक तीनै जना दिदीबहिनी हुन्। उनीहरू सुडानका नागरिक भएको अधिकारीहरूले बताएका छन्।

भूमध्यसागर हुँदै इटाली पुग्ने प्रयासमा रहेका सुडानका यी तीन दिदीबहिनीको मृत्यु भएको हो। एक जर्मन गैरसरकारी संस्थाले दिएको जानकारीअनुसार भीडभाड भएको रबरको डुङ्गा खराब मौसमका कारण डुब्न थालेपछि उनीहरूको मृत्यु भएको थियो।

९, ११ र १७ वर्षका यी तीन बहिनीहरू युद्धग्रस्त सुडानका हुन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०१४ देखि सुरु भएको तथ्याङ्कले भूमध्यसागर पार गर्ने क्रममा अहिलेसम्म ३० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको देखाउँछ।

स्वयमसेवकहरूले ६५ जना यात्रुलाई बचाएका थिए। तर तीन दिदीबहिनीको शव डुङ्गाको तल्लो भागमा पानी र इन्धनमा भेटिएको थियो भने अर्का एक जना अझै हराइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक तीन बहिनीका आमा र भाइ भने जीवित भेटिएका छन्। उनीहरूलाई पछि इटालीको लाम्पेडुसा टापुमा पुर्याइएको छ। उद्धारकर्ताहरूले उक्त डुङ्गा पश्चिमी लिबियाको जुबाराबाट शुक्रबार प्रस्थान गरेको बताएका छन्।

उद्धारकर्ताहरूका अनुसार डुङ्गामा अत्यधिक भीडभाड थियो। आंशिक रूपमा क्षति भइसकेको डुङ्गा अँध्यारो रातमा करिब १.५ मिटर उचाइका छालहरूमा परेको थियो।

उद्धार गरिएकाहरूमा गर्भवती महिला र धेरै बालबालिका पनि थिए। चार जनालाई तत्काल उपचार आवश्यक भएकाले उनीहरूलाई इटालियन तटरक्षकको डुङ्गामा स्थानान्तरण गरिएको थियो। उद्धार भएकाहरू सुडान, माली, आइभरी कोस्ट, इथियोपिया र इरिट्रियाका रहेका थिए।

अर्को गैरसरकारी संस्थाले भूमध्यसागरमा भएको छुट्टै उद्धारमा ५० जना आप्रवासीलाई बचाएको बताएको छ। तर लिबियाली तटरक्षकले नियन्त्रणमा लिएको अर्को डुङ्गासम्म भने पुग्न नसकेको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com