भियतनाममा शक्तिशाली आँधीको जोखिम: करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो


प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार

भियतनाममा शक्तिशाली ‘काजिकि’ आँधी आउनुअघि करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

सरकारले आँधीको आगमनअघि ५ लाख ८६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएपछि उनीहरूलाई त्यहाँ सारिएको हो।

मौसम पूर्वानुमानकर्ताहरूका अनुसार यो आँधी अहिले १६६ किलोमिटर प्रतिघण्टाको वेगमा बढिरहेको छ। सोमबार बिहान जमिनमा आइपुग्नुअघि अझ शक्तिशाली बन्ने अनुमान गरिएको छ।

मध्य प्रान्तहरू थान होआ, क्वाङ त्रि, ह्यु र दा नाङका बासिन्दालाई घर छोड्न आदेश दिइएको छ। विमानका उडानहरू रद्द गरिएका छन् भने डुङ्गाहरूलाई समुद्रमा नजान चेतावनी दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो आँधी अहिले चीनको हाइनान टापुको वरिपरि छ, जहाँ ३२० मिलिमिटर वर्षा हुने सम्भावना रहेको त्यहाँको मौसम एजेन्सीले जनाएको छ।

आँधी ‘काजिकि’ भियतनाममा प्रवेश गरेपछि क्रमशः कमजोर भए पनि देशलाई अझै पनि २०० किलोमिटर प्रतिघण्टाको वेगको हावा र ३००–४०० मिलिमिटर वर्षाले प्रभावित गर्नेछ।

२ देखि ४ मिटरसम्मको समुद्री छालको उभार हुने पूर्वानुमान गरिएको छ। उद्धार र सहयोगका लागि सैनिकहरूलाई परिचालन गरिएको छ।

कृषि तथा वातावरण मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “परिस्थिति अति खतरनाक छ, पर्यटनका संरचना, माछापालन र डुङ्गाजस्ता कुनै पनि सवारी वा संरचनाका लागि यो सुरक्षित छैन।”

भियतनाम एयरलाइन्सले आइतबार र सोमबारका लागि कम्तीमा २२ वटा उडान रद्द गरेको छ।

अधिकारीहरूलाई यो आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागि’ जस्तै विनाशकारी हुन सक्ने डर रहेको छ।

उक्त आँधीले सम्पूर्ण क्षेत्रमा सयौँ मानिसको ज्यान लिएको थियो, त्यसबेला मात्र भियतनाममा ३०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com