नेब्रास्कामा आप्रवासी हिरासत केन्द्र खोल्ने योजना सार्वजनिक


प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार

अमेरिकाको नेब्रास्का राज्यको दक्षिण–पश्चिमी ग्रामीण क्षेत्रको एउटा फार्ममा आप्रवासी हिरासत केन्द्र खोल्ने योजना सार्वजनिक भएको छ। नेब्रास्का राज्यका रिपब्लिकन गभर्नर जिम पिलेनले यो घोषणा गरेका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बढ्दो निर्वासनलाई व्यवस्थापन गर्न आवश्यक पूर्वाधार विस्तार गरिरहेका बेला यो निर्णय सार्वजनिक भएको हो।

पिलेनले गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमसँग आप्रवासी हिरासत केन्द्र खोल्ने योजनामा सहमति भएको बताएका छन्।

ग्रामीण म्याककुकमा रहेको न्यूनतम सुरक्षा भएको कारागार कार्य शिविरलाई अध्यागमन प्रक्रियामा रहेका वा निर्वासनको प्रतीक्षामा रहेका व्यक्तिहरूलाई राख्ने हिरासत केन्द्रका रूपमा प्रयोग गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यो नेब्रास्काका जनता र देशका सबै अमेरिकीलाई सुरक्षित राख्ने विषय हो,” पिलेनले एक विज्ञप्तिमा भने।

उनले नेब्रास्का नेशनल गार्डलाई प्रशासनिक र तार्किक सहयोगका लागि पठाइने बताए। यसमा करिब २० जना गार्ड सैनिक सहभागी हुनेछन्।

साथै, उनले नेब्रास्का स्टेट पेट्रोलले पनि संघीय अध्यागमन अधिकारीहरूसँग मिलेर पक्राउ गर्ने अधिकार दिने सम्झौतामा हस्ताक्षर गर्ने बताए।

ट्रम्प प्रशासनले देशभर नयाँ हिरासत केन्द्रहरू थप्दै गएको छ। यसै वर्षको जुन महिनामा मात्र अमेरिकन अध्यागमन तथा भन्सार कार्यान्वयन (आइस) का पुराना र नयाँ दुवै केन्द्रहरूमा ५६ हजारभन्दा बढी आप्रवासीहरू राखिएका थिए। जुन सन् २०१९ यताकै सबैभन्दा बढी हो।

यी नयाँ र योजनाबद्ध केन्द्रहरूमा फ्लोरिडाको एभर्ग्लेड्समा रहेको “एलिगेटर अलकाट्राज” नामक टाढाको हिरासत केन्द्र पनि पर्छ, जुन गत महिना मात्र सञ्चालनमा आएको हो। अस्थायी पालको संरचनामा ३ हजार जनासम्म राख्न सकिने यो केन्द्रको अवलोकन गर्दा ट्रम्पले भविष्यमा देशभर यस्तै मोडल अपनाउन सकिने बताएका थिए।

तर, यो फ्लोरिडा केन्द्र कानुनी विवादमा तानिएको छ। वकिलहरूले त्यहाँ बन्दीहरूलाई वकिल भेट्ने अधिकार, अध्यागमन अदालतमा पहुँच र न्यूनतम स्तरको जीवनयापनजस्ता आधारभूत अधिकार हनन भएको भन्दै मुद्दा दायर गरेका छन्।

आलोचकहरूले यो सुविधा संघीय वातावरणीय कानुनअनुसार पूर्ण रूपमा पालना नभएसम्म थप निर्माण र सञ्चालन रोक्नुपर्ने माग गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com