अमेरिकी नागरिकताका लागि असल नैतिक चरित्रको मापदण्ड कडा, ट्राफिक नियम उल्लंघनको समेत असर


प्रकाशित मिति : भाद्र १, २०८२ सोमबार

फोटो: युएससीआईएस

युएससीआईएसले तत्काल लागू हुने गरी अमेरिकी नागरिकताका लागि असल नैतिक चरित्र सम्बन्धी मापदण्डहरूलाई कडा बनाएको छ । नागरिकताका लागि आवेदन दिने विदेशीहरूका लागि कठोर, समग्र, र व्यापक असल नैतिक चरित्र मूल्याङ्कन मापदण्डको पुनर्स्थापना शीर्षकको मेमोमार्फत मापदण्ड कडा बनाइएको हो ।

यो नयाँ नीतिले नागरिकता आवेदकहरूको असल नैतिक चरित्रको मूल्याङ्कनलाई सामान्य चेकलिस्टको दृष्टिकोणबाट हटाएर परिस्थितिको समग्रतामा आधारित व्यापक मूल्याङ्कनतर्फ फर्काएको छ । अमेरिकी नागरिक बन्नुको अर्थ देशमा बस्ने र काम गर्ने अधिकार मात्र नभई समाजको एक सक्रिय र जिम्मेवार सदस्य हुनु पनि भएकाले अब सोही अनुशार मूल्यांकन गरिने मेमोमा उल्लेख गरिएको छ ।

यो नयाँ निर्देशिकाले युएससीआईएसका अधिकारीहरूलाई आवेदकको गल्तीको अनुपस्थिति मात्र जाँच्ने नभई त्यो भन्दा बढी मूल्यांकन गर्नुपर्ने आवश्यकता थपेको छ । नीतिले अधिकारीहरूलाई आवेदकको व्यवहार, सामाजिक मापदण्डप्रतिको उनीहरूको पालना र उनीहरूको समुदायमा सकारात्मक योगदानको समग्र समीक्षा गर्न निर्देशन दिएको छ ।

अब अमेरिकी नागरिकता आवेदकले असल नैतिक चरित्र सहित सबै आवश्यकताहरू पूरा गरेको प्रदर्शन गर्नुपर्नेछ । यो नीतिले असल नैतिक चरित्रको निष्कर्ष आवेदक को हो र आफ्नो समुदायमा कसरी बसेका छन् भन्नेबारे एक सकारात्मक मूल्याङ्कन हुनुपर्नेमा जोड दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीतिले सकारात्मक गुण र अयोग्य व्यवहार दुवैमा जोड दिएको छ । बढी महत्त्व दिइने सकारात्मक कारकहरूमा समुदायमा निरन्तर संलग्नता, परिवारको हेरचाह, शैक्षिक उपलब्धि, स्थिर रोजगारीको इतिहास र कर दायित्वहरूको पालना समावेश छन्।

त्यस्तै युएससीआईएस अधिकारीहरूले आवेदकलाई अयोग्य बनाउन सक्ने विभिन्न व्यवहारहरूको पनि बढी सूक्ष्म जाँच गर्नेछन्। हत्या वा गम्भीर अपराधहरू जस्ता असल नैतिक चरित्रमा स्थायी रोक लगाउने कुराहरू अझै पनि लागू भए तापनि नीतिले मादक पदार्थ सेवन गरेर गाडी चलाएका धेरै घटना, लागूपदार्थको कानून उल्लङ्घन, वा अमेरिकी नागरिकताको झूटो दाबी जस्ता सशर्त रोकहरूलाई पनि जोड दिएको छ ।

नीतिले प्राविधिक रूपमा कानुनी नै ठहर हुने गतिविधि पनि नागरिक जिम्मेवारीसँग असंगत हुन सक्ने ठहर गरेको छ । लापरवाह वा लगातार ट्राफिक नियम उल्लङ्घन, उत्पीडन जस्ता गतिविधिको पनि बढी सूक्ष्म जाँचको व्यवस्था गरिएको छ ।

गल्ती गरेका आवेदकहरूका लागि, नीतिले सुधार र पुनर्निर्माणको प्रमाणमा पनि ध्यान केन्द्रित गरेको छ । परिस्थितिको समग्रताको दृष्टिकोणसँग सुसंगत, वास्तविक सुधारको प्रमाणले असल नैतिक चरित्र कायम गर्नसक्छ । समयसीमा नाघेको बाल सहायताको भुक्तानी, प्रोबेशन जस्ता अदालतले तोकेका सर्तहरूको पालना, विश्वसनीय स्रोतहरूबाट सामुदायिक गवाही र बाँकी रहेका करको भुक्तानी जस्ता प्रमाणले विगतमा गरेका गल्ती सुधार गरेको मान्न सकिनेछ ।

यो नयाँ दृष्टिकोणले युएससीआईएस अधिकारीहरूलाई आवेदकको पूर्ण इतिहास समीक्षा गर्ने अधिकार दिएको छ । आवेदकले आफ्नो जीवन आफ्नो समुदायको नैतिक मापदण्ड र अपेक्षासँग मेल खाने देखाउन आवश्यक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com