युक्रेनको सुरक्षा ग्यारेन्टी गर्ने अमेरिकी प्रस्तावमा रुसको सहमति


प्रकाशित मिति : श्रावण ३२, २०८२ आईतबार

अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टी गर्ने प्रस्तावमा रुसले सहमति जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर बैठकमा यो सहमति भएको दाबी गरिएको छ।

अमेरिकी विशेष दूत स्टीभ विट्कफले अमेरिका र उसका युरोपेली सहयोगीहरूले युक्रेनलाई नाटोको सामूहिक रक्षा दायित्वजस्तै सुरक्षा ग्यारेन्टी दिन सक्ने सहमतिमा पुटिन सहमत भएको बताएका हुन्।

विट्कफले भने, “हामीले यो ठूलो सम्झौता जित्यौँ—अमेरिकाले आर्टिकल ५ जस्तै सुरक्षा दिन सक्छ। यो नै युक्रेन नाटोमा सामेल हुन चाहनुको प्रमुख कारण हो।” उनले थपे, “रुसबाट यस्तो सहमति पहिलोपटक सुन्न पाइयो। यो एउटा गेम चेन्जिङ अर्थात् खेल पल्टाउने कुरा हो।”

नाटोको ३२ सदस्यीय सैन्य गठबन्धनको केन्द्रमा रहेको आर्टिकल ५ अनुसार, कुनै एक सदस्यमाथि भएको आक्रमणलाई सबै सदस्यमाथि भएको आक्रमण मानिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विट्कफले विदेशमन्त्री मार्को रुबियोसँगै अलास्कामा रहेको सैनिक आधारमा भएको वार्तामा सहभागिता जनाएका थिए। उनले सुरक्षा ग्यारेन्टी कसरी लागू गर्ने भन्नेबारे धेरै विवरण दिएनन्, तर यो पुटिनको लामो समयदेखि रहेको युक्रेन नाटो सदस्य बन्ने विरोधलाई तोड्ने उपाय हुन सक्ने देखिएको छ।

विट्कफका अनुसार, रुसले अब कुनै अन्य युरोपेली मुलुकको सार्वभौमिकताको उल्लङ्घन वा आक्रमण नगर्ने कानुन ल्याउने प्रतिबद्धता जनाएको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले ब्रसेल्समा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगै पत्रकार सम्मेलन गर्दै उक्त कदमको स्वागत गरिन्। उनले भनिन्, “राष्ट्रपति ट्रम्पले युक्रेनका लागि आर्टिकल ५ जस्तै सुरक्षा ग्यारेन्टी दिने इच्छाशक्ति देखाउनु सकारात्मक कुरा हो र युरोपेली सङ्घसहित—यसमा आफ्नो भूमिका खेल्न तयार छ।”

जेलेन्स्कीले अमेरिकालाई धन्यवाद दिँदै भने, “अमेरिका र युरोपले मिलेर युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार भएको सङ्केत महत्त्वपूर्ण छ। तर, अझै स्पष्टता छैन—यसमा अमेरिकाको भूमिका के हुन्छ, युरोपको भूमिका के हुन्छ, र युरोपेली सङ्घले के गर्न सक्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। हाम्रो मुख्य कार्य भनेको यो ग्यारेन्टीलाई व्यवहारिक बनाउनु हो, जसरी नाटोको आर्टिकल ५ छ। हामी युरोपेली सङ्घको सदस्यतालाई पनि सुरक्षा ग्यारेन्टीको हिस्सा मान्छौँ।”

विट्कफले ट्रम्पले तत्काल युद्धविराम गराउन दबाब दिने योजना त्यागेको निर्णयलाई सही ठहराए। उनका अनुसार, शान्ति सम्झौतातर्फ धेरै प्रगति भएकाले राष्ट्रपति ट्रम्पले शान्ति वार्तामा ध्यान दिन थालेका हुन्।

रुबियोले भने, “यदि अहिले थप अमेरिकी प्रतिबन्ध लगाइयो भने वार्ता तत्कालै टुट्छ। हाम्रो लक्ष्य भनेको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता हो, जसपछि युक्रेनले आफ्नो जीवन अगाडि बढाउन र देशको पुनःनिर्माण गर्न सक्नेछ।”

ट्रम्पसँग जेलेन्स्की र युरोपेली नेताहरूले सोमबार ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com