ट्रम्प र पुटिनबीचको ३ घण्टा लामो अलास्का वार्ता निष्कर्षविहीन, युक्रेनमा युद्धविराम अनिश्चित


प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा भएको वार्ता निष्कर्षमा नपुगेको बताएका छन्।

उनले वार्तामा केही प्रगति भएको भने बताएका छन्। रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमा युद्धविरामबारे कुनै सहमति नगरी अलास्काबाट फर्किएका छन्।

करिब तीन घण्टा लामो छलफलपछि दुवै नेताले संयुक्त वक्तव्य दिए। दुवै नेताले पत्रकारहरूको प्रश्नको भने सामना गरेनन्।

ट्रम्पले “धेरै प्रगति भएको” भने पनि थप विवरण नदिएकाले विश्वभर अड्कलबाजी मात्र भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब तीन घण्टाको भेटवार्तापछि पत्रकारहरूसँगको कुराकानीमा उनले भने, “सौदा नभएसम्म सौदा हुँदैन।” पुटिनले आफू “वास्तवमै युद्ध अन्त्य गर्न इच्छुक” भएको बताए पनि थप विवरण दिएनन्।

यसअघि ट्रम्प र पुटिनले एंकोरेजको टार्म्याकमा न्यानो अभिवादन साटेका थिए। त्यसपछि ट्रम्पको लिमोजिनमा सँगै चढेर शिखर सम्मेलन स्थलतर्फ प्रस्थान गरेका थिए।

ट्रम्पले कुनै एकतर्फी सम्झौता गरेर युरोपेली सहयोगी र युक्रेनलाई निराश तुल्याउने खतरा नलिँदा एक किसिमको राहत मिल्यो।

तर आफूलाई “शान्तिदूत” र “डिलमेकर” भनेर प्रस्तुत गर्ने ट्रम्प यसपटक भने अलास्काबाट कुनै उपलब्धिबिना नै फर्किएका छन्।

यस वार्ताले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समावेश गरेर अर्को शिखर सम्मेलन हुने कुनै संकेत पनि देखाएको छैन।

युक्रेन युद्धबारे पुटिन र ट्रम्पबीच अझै गहिरो मतभेद छ। ट्रम्पले युद्धविरामका लागि दबाब दिएका थिए, तर पुटिनले त्यसलाई मान्न अस्वीकार गरे।

अलास्का अमेरिकाको भूमि भए पनि, पुटिन त्यहाँ “पूर्व रुसी अमेरिका” भएको गौरवसहित सहज महसुस गरिरहेको देखिन्थ्यो।

अब ट्रम्पले रुसविरुद्ध धम्की दिएका नयाँ प्रतिबन्धहरू कार्यान्वयन गर्छन् कि गर्दैनन् भन्ने प्रश्न भने उब्जिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com