टेक्सासका रिपब्लिकनविरुद्ध क्यालिफोर्नियाका डेमोक्र्याट्सको ‘काउन्टर योजना’ सार्वजनिक


प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार

अमेरिकाको क्यालिफोर्नियामा मतदान क्षेत्र पुनः सीमाङ्कन गर्ने योजना सार्वजनिक गरिएको छ।

क्यालिफोर्नियाका डेमोक्र्याटिक गभर्नर गाभिन न्यूसमले अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको राज्यमा मतदान क्षेत्र पुनः सीमाङ्कन गर्ने उच्च जोखिमको योजना सार्वजनिक गरेका हुन्।

यो योजनाको उद्देश्य टेक्सासमा रिपब्लिकनहरूले गरिरहेको समान प्रयासलाई प्रतिवाद गर्नु हो।

न्यूसमले नोभेम्बरमा विशेष निर्वाचन गर्ने आह्वान गरेका छन्। जसमा मतदाताले २०२६ को मध्यावधि चुनावअघि सांसदहरूले कङ्ग्रेसका निर्वाचन क्षेत्रहरू पुनः निर्धारण गर्ने प्रस्तावलाई स्वीकृति दिने कि नदिने भन्नेमा मतदान गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार यो कदम डोनाल्ड ट्रम्प–समर्थित टेक्सासको योजनाको आपत्कालीन जवाफ हो। यो योजनाले रिपब्लिकनलाई प्रतिनिधि सभामा थप पाँच सिट दिलाउन सक्नेछ।

यो कदम गेरिमान्डरिङ सम्बन्धी विवादको पछिल्लो चरण हो। अमेरिकी कङ्ग्रेसको नियन्त्रणका लागि राजनीतिक ‘हथियार दौड’ सुरु गराउन यो कदमले सहयोग गर्न सक्छ।

अर्को वर्ष पदावधि समाप्त हुने र राष्ट्रपति पदमा उम्मेदवार हुने चर्चामा रहेका न्यूसमले यसले ट्रम्प र रिपब्लिकनहरूको ‘प्रणाली बिगार्ने’ प्रयासलाई निष्क्रिय बनाउने बताए।

न्यूसमको प्रस्तावअनुसार, यदि टेक्सास र अन्य राज्यहरूले परिवर्तनबाट पछि हटे भने क्यालिफोर्नियाले आफ्नो वर्तमान निर्वाचन नक्सा कायम राख्नेछ।

यो ‘टिट फर ट्याट’ कदमले टेक्सासमा रिपब्लिकनका अनुमानित सिट लाभलाई निष्प्रभावी पार्ने उद्देश्य राखेको छ।

डेमोक्र्याट सांसदहरूले राज्य छोडेर टेक्सासका रिपब्लिकनहरूलाई हालसम्म नयाँ नक्सा पारित गर्न अवरोध गरेका छन्। मतदानका लागि डेमोक्र्याट सांसदहरूले राज्य छोडेपछि आवश्यक दुई तिहाइ उपस्थिती पूरा भएको छैन।

अमेरिकामा हरेक दशकको जनगणनापछि निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने प्रचलन छ। क्यालिफोर्नियामा यो काम स्वतन्त्र नागरिक आयोगमार्फत गरिन्छ।

पछिल्लो चुनावमा ४३ डेमोक्र्याट र ९ रिपब्लिकन सांसद चुनिएको क्यालिफोर्नियाका डेमोक्र्याटहरूले अझै विस्तृत नयाँ नक्सा सार्वजनिक गरेका छैनन्। गभर्नरका अनुसार नयाँ सीमाङ्कनको नक्सा आगामी दिनमा सार्वजनिक गरिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com