अमेरिकाद्वारा भारतमाथि अझै कर बढाउने चेतावनी


प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार

अमेरिकाले भारतमाथि कर अझै बढाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिकाले भारतमाथि लगाएको दोस्रो तहको शुल्क अझ बढाउन सक्ने चेतावनी दिएका हुन्।

शुक्रबार अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने बैठकको परिणाममा यो निर्भर रहने अर्थमन्त्री बेसन्टले बताए।

भारतीयहरूले रुसी तेल खरिद गरेको कारण अमेरिकाले दोस्रो तहको शुल्क लगाएको बताउँदै यदि वार्तामा कुरा राम्रा भएनन् भने प्रतिबन्ध वा दोस्रो तहको शुल्क अझै बढ्न सक्छ भनेर बेसन्टले चेतावनी दिएका हुन्।

यसअघि यो महिनाको सुरुवातमा ट्रम्पले भारतले रुसबाट तेल र हतियार खरिद गरेको कारण २५ प्रतिशत अतिरिक्त जरिवाना थपेका थिए, जुन पहिले नै लागू भएको २५ प्रतिशत शुल्कमा थपिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले रुस–युक्रेन युद्धमा युद्धविराम गराउने प्रयासमा रहेको बताउँदै आएको छ। तर यदि रुसले शान्ति सम्झौतामा शुक्रबार सहमति नजनाए गम्भीर परिणाम हुने चेतावनी ट्रम्पले दिएका छन्।

ट्रम्प र पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न शुक्रबार एङ्करेजमा भेट गर्ने कार्यक्रम छ।

युक्रेन युद्धपछि दिल्लीले सस्तो रुसी क्रूड तेलको आयात बढाएपछि भारत–अमेरिका सम्बन्धमा तनाब आएको छ। व्यापार वार्ता पनि यसै कारण प्रभावित भएको छ।

सन् २०२४ मा रुसी तेलले भारतको कुल तेल आयातको ३५ प्रतिशतदेखि ४० प्रतिशत हिस्सा ओगटेको छ। यो हिस्सा सन् २०२१ मा ३ प्रतिशत मात्र रहेको थियो।

दिल्लीले आफ्नो रुसी तेल खरिदको बचाउ गर्दै आएको छ। ठूलो ऊर्जा आयातकर्ता देशको हैसियतमा उसले सबैभन्दा सस्तो क्रूड किनेर करोडौँ गरिब भारतीयलाई बढ्दो लागतबाट जोगाउनुपर्छ भनेर भारतले भन्दै आएको छ।

ट्रम्पले शुल्कहरू अमेरिकी अर्थतन्त्र बलियो बनाउने र विश्वव्यापी व्यापारलाई न्यायोचित बनाउने योजनाका हिस्सा भएको दाबी गर्दै आएका छन्।

भारत र अमेरिकाबीच व्यापार वार्ता केही महिनादेखि चलिरहेको छ। अमेरिकी वार्ताकारहरू २५ अगस्टमा भारत पुगेर वार्ता पुनः सुरु गर्ने बताइएको छ।

तर विज्ञहरूका अनुसार भारतले कृषि र दुग्धजन्य उत्पादनमा शुल्क घटाउन अस्वीकार गर्नु वार्तामा ठूलो बाधा बनेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com