न्युयोर्कमा गुन्जँदै बद्री पंगेनी, प्रताप दास, एलिना चौहान र कला लम्साल: ‘अब गाउँछ अमेरिका’


प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार

नेपाली लोक र आधुनिक संगीतको  प्रस्तुति लिएर ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक कार्यक्रम न्युयोर्कमा हुँदैछ। फ्लाई नेपा ट्राभल्सद्वारा आयोजित र ज्याक्सन हाइट्सस्थित नेपाली भान्साघर मुख्य प्रायोजक रहेको  कार्यक्रम अगस्त १६, २०२५, शनिबारका दिन गुलशन टेरेस (३९-१५ २९औं एभिन्यू, वुडसाइड, न्युयोर्क ११३७७) मा आयोजना हुँदैछ।

यस सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।  गायक बद्री पंगेनी,  प्रताप दास,  एलिना चौहान र  गायिका कला लम्सालले आफ्ना हिट गीतहरू प्रस्तुत गर्नेछन्।

लाइभ ब्यान्ड र डीजेको व्यवस्था पनि भएकाले दर्शकले भरपुर मनोरञ्जन लिन पाउनेछन्। कार्यक्रम राति ८ बजे सुरु भई बिहान २ बजेसम्म चल्नेछ। आयोजकका अनुसार कार्यक्रमको तयारी पूरा भइसकेको छ र टिकट बिक्री पनि निकै उत्साहजनक छ।

कार्यक्रम संयोजक निशा सुनारले यो कार्यक्रमले नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।  लोकगायक बिमल डाँगीले समुदायको माया र उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताउनुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजक कलाकार संगीता थापा मगरले न्युयोर्कमा रहेका सबै नेपालीलाई यो ऐतिहासिक अवसरको साक्षी बन्न अनुरोध गरेकी छन्। नजिकिँदै गरेका चाडपर्वहरूका लागि पनि यो कार्यक्रम अमेरिकामा रहेका नेपालीहरूका लागि एक सांस्कृतिक उत्सव बन्ने अपेक्षा गरिएको छ। यसले संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुलको काम गर्ने विश्वास आयोजकको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com