मेक्सिकोले ड्रग कार्टेलमा सम्लग्न उच्च नेताहरूलाई पक्राउ गरी पठायो अमेरिका


प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार

मेक्सिकोले २६ जना ड्रग कार्टेलमा सम्लग्न उच्चस्तरीय नेताहरूलाई अमेरिकामा पठाएको छ।

ड्रग कार्टेल भनेको ठूला, सङ्गठित आपराधिक समूह हो । जसको मुख्य उद्देश्य कोकेन, हेरोइन, मेथाम्फेटामिन, फेन्टानिल आदि जस्ता लागुऔषधको उत्पादन, तस्करी र बिक्री गरेर अत्यधिक नाफा कमाउनु हो।

अमेरिकी प्रशासनसँगको पछिल्लो ठूलो सम्झौताअन्तर्गत २६ जना उच्चस्तरीय ड्रग कार्टेलका नेताहरूलाई मेक्सिकोले अमेरिकामा बुझाएको हो। यो कदम अमेरिकाले सीमापार लागुऔषध तस्करी गर्ने आपराधिक सञ्जालमाथि दबाब बढाउँदै जाँदा चालिएको हो।

अमेरिकी नियन्त्रणमा बुझाइएका व्यक्तिहरूमध्ये “लस कुइनिस” समूहका नेता अबिगाएल गोन्जालेज भालेन्सिया पनि छन्। उनको सम्बन्ध कुख्यात ‘जलिस्को न्यू जेनेरेशन कार्टेल’सँग रहेको दाबी गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का अभियुक्त रोबर्टो सालाजारमाथि सन् २००८ मा लस एन्जलस काउन्टीका एक शेरिफ डेपुटीको हत्या गरेको आरोप छ। अन्य व्यक्तिहरूको सम्बन्ध सिनालोआ कार्टेल र अन्य हिंसात्मक लागुऔषध तस्करी समूहहरूसँग जोडिएको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार यी २६ जना पुरुषहरूले अमेरिकामा हिंसा र लागुऔषध पुर्‍याउनमा भूमिका खेलेका छन्। उनीहरूलाई अब कडा सजायको सामना गर्नु पर्नेछ। अमेरिकी एटर्नी जनरल प्याम बन्डीले मेक्सिकोको राष्ट्रिय सुरक्षा टोलीलाई सहयोगका लागि धन्यवाद दिएका छन्।

यी अभियुक्तहरूलाई अमेरिकी न्याय मन्त्रालयले मृत्युदण्डको माग नगर्ने सहमति जनाएपछि विमानमार्फत अमेरिका पठाइएको हो।

यसअघि फेब्रुअरीमा मेक्सिकोले सन् १९८५ मा अमेरिकी डीईए एजेन्टको हत्या गराएका ड्रग लर्ड राफाएल कारो क्विन्टेरोसहित २९ जना कार्टेल नेताहरूलाई अमेरिकामा पठाएको थियो।

अमेरिकी आयातमा ३० प्रतिशत शुल्क लगाउने ट्रम्प प्रशासनको धम्की टार्न मेक्सिको प्रयासरत रहेको बेला यो कारबाही भएको हो। गत महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमबीच भएको फोनवार्तापछि शुल्क ९० दिनका लागि स्थगित गर्ने सहमति भएको थियो।

कार्टेलविरुद्ध आक्रामक कदम चाल्ने पक्षमा सेइनबाउमले आफ्नो पूर्ववर्तीको तुलनामा सुरक्षा क्षेत्रमा बढी सहयोग देखाएकी छन्। तर, उनले अमेरिकी सैन्य हस्तक्षेपको सुझावलाई भने स्पष्ट रूपमा अस्वीकार गरेकी छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com