अमेरिकी अभिनेता पिटको घरमा चोरी गरेको आरोपमा चार किशोर पक्राउ
प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार
अमेरिकी अभिनेता ब्र्याड पिटको घरमा चोरी गरेको आरोपमा चार किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूलाई ‘सेलिब्रिटी चोरी’ मा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।
लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा दुई जना १८ वर्षीय, एक १७ वर्षीय र एक १६ वर्षीय छन् । उनीहरू सबै सडक गिरोहका सदस्य भएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूको घरमा छापा मार्दा चोरी गरिएका केही सामान फेला पारेको छ ।
यस वर्ष अभिनेत्री निकोल किडम्यान, गायक किथ अर्बन, खेलाडी योशिनोबु यामामोटो र ओलिभियर गिरुडसहितका सेलिब्रिटीको घरमा पनि चोरी भएको थियो ।
यो अनुसन्धान जुन महिनाको अन्त्यमा सुरु भएको थियो, जब तीन मास्क लगाएका व्यक्तिहरू पिटको लस फेलिजस्थित घरमा प्रवेश गरेका थिए । म्याकडोनेलका अनुसार चोरहरूले सिसा फुटाएर घरभित्र पसेर सामान लिएर भागेका थिए ।
प्रहरीले चोरहरूले आधुनिक प्रविधि प्रयोग गरेको बताएको छ । उनीहरूले निगरानीका लागि घर नजिकै क्यामेरा राख्ने, पीडितको गतिविधि ट्र्याक गर्ने र घरको सुरक्षा प्रणाली बन्द गर्न वाइफाइ जम्मर प्रयोग गर्ने गरेको पाइएको छ ।








