टेक्सासका डेमोक्र्याट सांसदहरूलाई पक्राउ गर्न रिपब्लिकनको आदेश


प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार

अमेरिकाको टेक्सासका रिपब्लिकन सांसदहरूले डेमोक्र्याट सांसदहरूलाई पत्ता लगाई पक्रन आदेश दिएका छन् ।

उनीहरुले मतदान गरेर दर्जनौँ डेमोक्र्याट सांसदहरूलाई पक्राउ गर्न आदेश दिएका हुन । ८५ विरुद्ध ६ को मतको अन्तरले उक्त प्रस्ताव पारित गरिएको हो ।

डेमोक्र्याट सांसदहरुले एउटा विवादास्पद निर्वाचन क्षेत्र पुनःनिर्धारण योजना अवरुद्ध गर्न राज्य छोडेका भनेर आरोप लगाइएको छ ।

टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबटले अनुपस्थित डेमोक्र्याटहरूलाई ‘घूसको आरोप’ मा कारबाही गर्ने चेतावनीपछि आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदानपछि गभर्नर एबटले राज्य प्रहरीहरूलाई ‘जुनसुकै सांसदले टेक्सास जनताको कर्तव्य छाडेर गएका छन्, उनीहरूलाई फेला पारेर पक्रन र संसद कक्षमा फर्काउनुपर्छ’ भनेर आदेश दिएका छन ।

गत हप्ता रिपब्लिकनहरूले सार्वजनिक गरेको नयाँ निर्वाचन नक्साले वाशिङ्टन डिसीस्थित अमेरिकी प्रतिनिधिसभामा पाँचवटा नयाँ रिपब्लिकन झुकाव भएका सिटहरू थप्ने लक्ष्य राखेको छ ।

ती निर्वाचन क्षेत्रहरुमा ट्रम्पको पार्टीले सानो बहुमतमात्रै पाएको छ । १५० सदस्यीय टेक्सास राज्यसभामा मतदान गर्न दुई तिहाइ उपस्थिति अनिवार्य हुन्छ । तर ५० भन्दा बढी डेमोक्र्याट सांसदहरू राज्य छाडेपछि कोरम पुरा हुन सकेन।

टेक्सास हाउस स्पीकर डस्टिन बरोसले उनले डेमोक्र्याट सांसदहरूका लागि ‘सिभिल अरेस्ट वारन्ट’ मा हस्ताक्षर गरिसकेका बताएका छन् ।

अधिकांश डेमोक्र्याट सांसदहरू इलिनोइस राज्य पुगेका छन् । डेमोक्र्याटहरूले विशेष अधिवेशनको अन्त्य हुने २ हप्ता टेक्सास नफर्कने योजना बनाएका छन्। पक्राउ वारेन्टहरू राज्यका सीमाभित्र मात्र लागु हुन्छन्।

टेक्सासका डेमोक्र्याट सांसद रोन रेनोल्ड्सले गिरफ्तारीको धम्की डर देखाउने प्रयास मात्र भएको बताएका छन ।

गभर्नर एबटले मतदानमा सहभागी हुन नचाहने सांसदहरूलाई गम्भीर आपराधिक अभियोग मा दोषी ठहर गरिन सक्ने बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com