इस्लामिक स्टेटलाई आर्थिक सहयोग गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ


प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

अमेरिकामा एफबीआईले क्यालिफोर्नियाको लङ बिचमा रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनलाई इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया लाई आर्थिक सहयोग गरेको आरोपमा पक्राउ गरेको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार आईएसआईएस अमेरिकी सरकारले विदेशी आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको समूह हो । फिलिपिन्समा जन्मिएर अहिले अमेरिकी स्थायी बासिन्दा बनेका २८ वर्षीय मार्क लोरेन्जो भिल्लानुएभा पक्राउ परेका हुन ।

उनीमाथि संघीय जेलमा २० वर्षसम्मको सजाय हुन सक्ने आरोप लगाइएको छ । उनीमाथि ‘आतंकवादी संगठनलाई सामग्री सहयोग गर्न प्रयास’ गरेको अभियोग लागेको न्याय मन्त्रालयले जनाएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यस वर्षको सुरुवातमा भिल्लानुएभा दुई व्यक्तिहरूसँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा थिए । जसले आफूलाई आईएसआईएस का लडाकु भनेर चिनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती सन्देशहरूमा भिल्लानुएभाले आईएसआईएस लाई समर्थन गर्ने इच्छा व्यक्त गरेका थिए । उनले आर्थिक सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

भिल्लानुएभाले ती लडाकुलाई “आफ्नो धर्मको लागि लड्न र मर्न पाउनु गौरवको कुरा हो । यसैबाट स्वर्ग जान सकिन्छ । म चाँडै नै तपाईंहरूसँगै जोडिनेछु ” भनेको सन्देशमा उल्लेख छ ।

पश्चिम युनियनको अभिलेख अनुसार पाँच महिनाको अवधिमा भिल्लानुएभाले दुई जनामार्फत विदेशमा पैसा पुर्याउन १२ पटक गरेर जम्मा १ हजार ६१५ डलर पठाएका थिए ।

एफबीआईले उनको पक्राउका बेला उनको कोठाबाट एउटा बमजस्तो देखिने वस्तु बरामद गरेको छ । जसको फोटो एफबीआईको फेसबुक र एक्स खातामा सार्वजनिक गरिएको छ ।

एफबीआईको लस एन्जलस फिल्ड कार्यालयका कार्यवाहक सहायक निर्देशक प्याट्रिक ग्र्याण्डीले भने, “भिल्लानुएभाले अमेरिका र विश्वभर अमेरिकी हितलाई लक्ष्य बनाउने आतंकवादी समूहलाई समर्थन र समर्थन गरेको आरोप लागेको छ” ।

यसै वर्षको सुरुवातमा मिशिगन राज्यको आर्मी नेशनल गार्डका पूर्व सदस्य १९ वर्षीय अमार अब्दुलमजिद मोहम्मद सईदलाई पनि गिरफ्तार गरिएको थियो ।

उनमा अमेरिकी सैनिक बेसमा सामूहिक गोलीकाण्ड गर्ने योजना बनाएको आरोप लागेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com