हमासले भन्यो – ‘स्वतन्त्र प्यालेस्टिनी राज्य नबनुन्जेल हतियार त्याग्दैनौं’


प्रकाशित मिति : श्रावण १७, २०८२ शनिबार

हमासले स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म आफ्ना हतियार नत्याग्ने स्पष्ट पारेको छ।

शनिबार एक वक्तव्य जारी गर्दै हमासले यस्तो बताएकोे हो । यो अभिव्यक्तिले इजरायलको गाजामा युद्ध अन्त्य गर्न हमासले निशस्त्रीकरण गर्नुपर्ने प्रमुख मागलाई फेरि अस्वीकार गरेको छ ।

गत हप्ता गाजाको युद्धमा ६० दिने युद्धविराम र बन्धक मुक्तिको प्रयासस्वरूप हमास र इजरायलबीचको अप्रत्यक्ष वार्ता निष्कर्षविहीन रह्यो। युद्धविरामका लागि कतार र इजिप्टले मध्यस्थता गरिरहेका छन्।

यीनै दुई देशले फ्रान्स र साउदी अरेबियाले प्रस्ताव गरेको द्विराष्ट्र समाधानसम्बन्धी घोषणापत्रको समर्थन गरेका थिए, जसमा हमासले आफ्ना हतियार पश्चिमी समर्थित प्यालेस्टिनी प्राधिकरणलाई बुझाउनु पर्ने भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, हमासले आफ्नो अधिकार र अस्तित्वको रक्षाका लागि सशस्त्र प्रतिरोध आवश्यक भएको बताउँदै हतियार त्याग्ने प्रश्न नै नउठ्ने उल्लेख गरेको छ।

इजरायलले भने हमासको निशस्त्रीकरणलाई दीर्घकालीन सम्झौताको आधार मानेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी राज्य भविष्यमा इजरायललाई नष्ट गर्ने आधार बन्ने दाबी गर्दै प्यालेस्टिनी क्षेत्रमा सुरक्षा नियन्त्रण इजरायलकै हातमा रहनुपर्ने बताएका छन् ।

उनले बेलायत, क्यानडा लगायतका देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिन खोजेकोप्रति आपत्ति जनाउँदै यस्तो कदम हमासको गतिविधिको इनाम भएको बताए।

युद्ध ७ अक्टोबर २०२३ मा हामास नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी १,२०० जनाको हत्या गरेपछि सुरु भएको हो।

त्यसयता इजरायली सैन्य आक्रमणले गाजामा भीषण मानवीय संकट निम्त्याएको छ। अहिलेसम्म ६० हजार बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाको अधिकांश भाग पूर्ण रुपमा ध्वस्त भएको छ।

युद्ध अन्त्यका लागि हालसम्म भएका वार्ताहरू निष्कर्षविहीन भइरहेका छन् । साथै, दुबै पक्षले एकअर्कामाथि दोषारोपण गरिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com