तीव्र हावाहुरीका कारण डेल्टा एयरलाइन्सको विमानको आकस्मिक अवतरण


प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार

अमेरिकामा डेल्टा एयरलाइन्स को फ्लाइट ५६ तीव्र हावाहुरीका कारण आकस्मिक अवतरण गर्न बाध्य भएको छ।

साल्ट लेक सिटी बाट आम्स्टर्डाम जाँदै गरेको यो विमान उडेको करिब दुई घण्टापछि मिनियापोलिस-सेन्ट पाउल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो।

विमानमा २७५ यात्रु र १३ जना चालक दलका सदस्य थिए। आकस्मिक अवतरणपछि २५ जना यात्रुलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइएको छ। डेल्टा एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको तत्काल आवश्यकताअनुसार सहायता गरिरहेको जनाएको छ।

अमेरिकामा सन् २००९ यता तीव्र हावाहुरीका कारण २०७ जना यात्रुले गम्भीर चोटपटक व्यहोरेका छन् । उनीहरूलाई ४८ घण्टाभन्दा बढी समय अस्पतालमा राख्नुपरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्येक वर्ष विश्वभरका ३५ मिलियनभन्दा बढी अन्तर्राष्ट्रिय उडानहरूमा करिब ५ हजार गम्भीर हावाहुरीका घटना हुने गरेको अनुमान गरिएको छ।

जानकारहरूका अनुसार, जब विमान अशान्त वायुमण्डल हुँदै जान्छ, त्यसले विमानको बडीमा बढी बल उत्पन्न हुने गर्दछ ।

यदि सिट बेल्ट नलगाएको अवस्थामा हो भने, त्यो बलले यात्रुलाई सिटबाट उचालेर चोट पुर्‍याउन सक्छ। यसकारण, यात्रुहरूको सुरक्षाका लागि सिट बेल्ट बाँधिरहनु अत्यन्त आवश्यक हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com