नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

२३ असोज, काठमाडौं । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएन ।

राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।

गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com