ट्राफिक टिकट नतिरेको व्यक्ति अमेरिकाबाहिर यात्रा गरेर फर्कदा समस्या हुन्छ?
प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार
अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन सीबीपीले अमेरिकामा प्रवेश गर्ने वा पुन प्रवेश गर्ने व्यक्तिहरूलाई ट्राफिक टिकटहरूको जरिवाना समयमै तिर्न सिफारिस गरेको छ। विशेष गरी गम्भीर ट्राफिक उल्लंघनहरूका टिकटहरु समयमै तिर्न सुझाव दिइएको हो ।
सीबीपीका अनुसार यदि तपाईंसँग तिर्न बााकी ट्राफिक टिकटहरू छन् तर ती टिकटहरूका लागि गिरफ्तारी वारेन्ट जारी भएको छैन भने तपाईंलाई सामान्यतया अमेरिका फर्कदा विमानस्थलमा गिरफ्तार गरिने छैन। यद्यपी तिर्न बााकी टिकटहरू भएको व्यक्तिको रेकर्ड सफा नभएको अवस्थामा सीमा प्रवेश बिन्दुहरूमा थप कडा र विस्तृत जाँचको सामना गर्नुपर्ने हुन सक्ने सीबीपीले चेतावनी दिएको छ ।
यो जाँचमा तपाईंको व्यक्तिगत विवरण, यात्रा इतिहास र रेकर्डहरूको गहन अनुसन्धान हुन सक्छ, जसले प्रवेश प्रक्रियालाई लामो र जटिल बनाउन सक्छ। साथै वारेन्ट जारी भएको छ भने चाँही थप समस्या हुनसक्छ ।
अमेरिकामा बसोबास गर्ने तथा काम, अध्ययन, वा भ्रमणका लागि बारम्बार यात्रा गर्ने व्यक्तिका ट्राफिक टिकटहरू बाँकी छन् भने तिनलाई तुरुन्तै तिर्नु वा टुंगो लगाउनु बुद्धिमानी हुन्छ। यसले तपाईंको सीमा प्रवेश प्रक्रियालाई सहज बनाउनुका साथै अनावश्यक झन्झट र तनावबाट बचाउनेछ।
बक्यौता टिकटहरूले तपाईंको यात्रा रेकर्डमा नकारात्मक प्रभाव पार्न सक्छ, जसले भविष्यमा अमेरिका प्रवेश गर्दा थप जटिलताहरू निम्त्याउन सक्छ। तसर्थ आफ्नो ट्राफिक रेकर्ड जाँच गरी बक्यौता जरिवानाहरू तत्काल तिरेर आफ्नो रेकर्ड सफा राख्नुपर्छ। यो प्रक्रियाले उनीहरूको यात्रालाई सुरक्षित र निर्वाध बनाउन मद्दत गर्नेछ।
यदि तपाईं अमेरिकामा पुन प्रवेश गर्ने योजना बनाउँदै हुनुहुन्छ भने आफ्नो ट्राफिक टिकटहरूको स्थिति जाँच गर्न र ती तिर्न सम्बन्धित निकायमा सम्पर्क गर्नुहोस्। यसले तपाईंको यात्रालाई सहज र तनावमुक्त बनाउनेछ।






