आफ्नो अनुवादक ल्याउन वा अपोइन्टमेन्ट सार्न युएससीआईएसको सुझाव, तर वकिलको चेतावनी


प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार

अमेरिकी अध्यागमन एजेन्सी युएससीआईएसको फिल्ड अफिसमा तपाईंको आगामी अपोइन्टमेन्ट छ र तपाईंलाई अनुवादक चाहिन्छ भने त्यस्ता अनुवादक वा दोभाषे तपाईं आफैंले ल्याउनुपर्ने युएससीआईएसले सुझाव दिएको छ। यदि अपोइन्टमेन्टका लागि समयमै दोभाषे फेला पार्न नसकिने भए, युएससीआईएसमा सम्पर्क गरेर अपोइन्टमेन्ट सार्न सकिने पनि युएससीआईएसको भनाइ छ।

युएससीआईएसले भनेको छ—”यदि तपाईंको फिल्ड अफिसमा अपोइन्टमेन्ट छ र अनुवाद सेवाहरू आवश्यक छन् भने, अनुवादक उपलब्ध गराउने जिम्मेवारी तपाईंको नै हुनेछ। साथै, समयमै अनुवादक फेला पार्न नसकिएमा युएससीआईएसमा सम्पर्क गरी अपोइन्टमेन्ट पुन: तालिका गर्न अनुरोध गर्न सकिन्छ।”

तर, युएससीआईएसको अपोइन्टमेन्ट वा अन्तरवार्तामा अनुवादक लैजाँदा सावधानी अपनाउनुपर्ने वकिल केशव सेडाईंले चेतावनी दिनुभएको छ। रोजगारमा आधारित ग्रिनकार्ड वा आवेदक आफैंलाई अंग्रेजी भाषा आवश्यक पर्ने आवेदनका सन्दर्भमा नेपाली अनुवादक लैजाँदा त्यस्ता आवेदनहरू अस्वीकार हुने जोखिम समेत हुन सक्छ।

तर, परिवारमा आधारित ग्रिनकार्ड आवेदन तथा अन्य प्रकारका आवेदनका सन्दर्भमा भने अनुवादक आफैं लैजान सकिने सेडाईंले जानकारी दिनुभएको छ। तर, अनुवादकले आवेदकले बुझ्ने भाषा र अंग्रेजी—दुवै भाषामा धाराप्रवाह बोल्नुपर्ने, साथै स्थापित मापदण्डहरू पूरा गर्नुपर्ने कुरा बताउनुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुन व्यवसायी केशवराज सेडाई

युएससीआईएसका अनुसार, अनुवादकले अंग्रेजीमा र आवेदकले बुझ्ने भाषामा धाराप्रवाह हुनुपर्नेछ। साथै, अनुवादकले इमान्दारीपूर्वक काम गर्नुपर्छ र अन्तर्वार्ताको क्रममा आवेदकले भनेका कुराहरूलाई सही, शाब्दिक, र पूर्ण रूपमा अनुवाद गर्नुपर्छ। अनुवादकले आवेदकका तर्फबाट उत्तर दिन पाइँदैन; उनीहरू केवल अधिकारी र आवेदकबीच अनुवाद गर्नका लागि मात्रै उपस्थिति हुनेछन्। साथै, अनुवादकले आवेदकको जानकारीको गोपनीयता कायम राख्न सहमत हुनुपर्छ।

अनुवादक कम्तीमा १८ वर्ष उमेरको हुनु पर्नेछ र उनी आवेदकको मुद्दामा साक्षी हुन मिल्दैनन्। वकिल वा मान्यता प्राप्त प्रतिनिधिहरूले प्रतिनिधि र अनुवादक—दुवैको भूमिकामा एकैपटक काम गर्न मिल्दैन।

अनुवादकले योग्यता पूरा गर्छ वा गर्दैन भन्ने मूल्याङ्कन युएससीआईएसको अधिकारीले गर्छन्। कुनै पनि बिन्दुमा अधिकारीले योग्यता पूरा नगरेको भने अनुवादका लागि अनुमति दिन सक्दैनन्।

यदि आवेदकले अनुवादक प्रयोग गरेका छन् भने, आवेदक र अनुवादक दुबैले फारम जी-१२५६ मा हस्ताक्षर गरेर बुझाउनु पर्छ। तर, जी-१२५६ मा अन्तर्वार्ताअघि हस्ताक्षर गर्न पाइँदैन; अन्तर्वार्ता अधिकारीको अघि उपस्थित भएर मात्र हस्ताक्षर गर्नुपर्ने प्रावधान छ।

कोरोना महामारीमा समयमा एसाइलम अन्तरवार्ताका लागि युएससीआईएसले नेपालीहरुलाई अनुवादक उपलब्ध गराएको थिया । तर सन् २०२३ को सेप्टेम्बर १३ देखि युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा अनुवादक चाहिनेले आफैले नेपाली भाषा अनुवादक लैजानु पर्ने व्यवस्था गरिएको थियो ।

कोरोनाको महामारीका कारण सन् २०२० को सेप्टेम्बरदेखि भाषा अनुवादक लैजान नपर्ने नियम लागु गरिएको थियो । कोरोना सम्बन्धित सार्वजनिक स्वास्थ्य आपतकालको संघीय घोषणा मे २०२३ मा समाप्त भएपछि युएससीआईएसले यो अभ्यासको अन्त्य गरेको थियो ।

यदि आवेदकको अँग्रेजी राम्रो छैन र दोभाषे चाहिएको छ तर दोभाषे ल्याएको छैन भने वा दोभाषे अंग्रेजी र आवेदक बोल्ने भाषामा धाराप्रवाह छैन भने युएससीआईएसले आवेदक अन्तर्वार्तामा उपस्थित हुन असफल भएको मानेर एसाइलम अन्तर्वार्ता खारेज गरेर एसाइलम आवेदन अध्यागमन न्यायाधीशलाई रिफर गर्ने चेतावनी दिएको थियो ।

यदि दोभाषे ल्याउन नसक्नुको राम्रो कारण पेश गर्न सकेको खण्डमा भने आवेदकले अन्तरवार्ताको अर्को मिति पनि पाउनसक्नेछन् । युएससीआईएसले आवेदन अनुशार यसबारे निर्णय गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com