अश्वेत युवकलाई मुक्का हानेको भिडियो भाइरल भएपछि फ्लोरिडामा प्रहरी अधिकृत निलम्बित


प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार

अमेरिकाको फ्लोरिडामा ट्राफिक जाँचको क्रममा अश्वेत युवकलाई मुक्का हानेर पक्राउ गर्ने प्रहरीलाई निलम्बन गरिएको छ ।

फ्लोरिडाको ज्याक्सनभिल सहरमा अनुहारमा मुक्का हानी कारको झ्याल फोडेर तान्दै जमीनमा लडाउने भिडियो भाइरल भएपछि प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।

२२ वर्षका विलियम म्याकनिल जूनियरले १९ फेब्रुअरीमा भएको घटनाको भिडियो आफैंले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनी कारभित्र बसिरहेको बेला एक प्रहरीले झ्याल फोड्दै उनलाई बाहिर निकालेर जमिनमा लडाएको देखिन्छ ।

भिडियो व्यापक रूपमा फैलिएपछि प्रहरीले घटनाको बडिक्याम फुटेज समेत सार्वजनिक गरेको छ । उक्त फुटेजमा म्याकनिलले ट्राफिक उल्लंघनको आरोप लगाइएपछि प्रहरीको आदेश नमानेर कार नछोडेको देखिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्याक्सनभिल प्रहरी प्रमुख टी के वाटर्सले भने, “राज्य अभियोजन कार्यालयले प्रहरी अधिकारीहरूले कुनै आपराधिक कानुन उल्लंघन नगरेको निष्कर्ष निकालेको छ, यद्यपि प्रशासनिक समीक्षा अझै बाँकी छ।”

तर उनले प्रहरी अधिकारी डी बावरस लाई प्रहरी विभागको नीति उल्लंघनको सम्भावित अनुसन्धान नटुंगिएसम्मका लागि ड्युटीबाट हटाइएको बताएका छन ।

प्रमुख वाटर्सले भने, “व्यक्ति स्वयंले प्रहरीको कारण अस्वीकार गरे पनि उसले प्रहरीको आदेश पालना गर्नैपर्छ ।”

म्याकनिलको तर्फबाट कानुनी सहयोग गरिरहेका नागरिक अधिकार वकिल बेन क्रम्पले घटनालाई ‘अश्वेत अमेरिकीहरूविरुद्ध ऐतिहासिक रूपमा प्रहरीद्वारा गरिँदै आएको हिंसाको भयावह स्मरण’ भनेका छन्।

प्रहरीले सार्वजनिक गरेको बडिक्याम फुटेज अनुसार म्याकनिललाई सिट बेल्ट नलगाएको र खराब मौसममा हेडलाइट नबालेको आरोपमा रोकिएको थियो ।

“अहिले दिउँसो छ, मलाई बत्तीको आवश्यकता छैन,” म्याकनिलले उक्त भिडियोमा भनेका छन्। त्यसपछि उनले कार नछोडी प्रहरी अधिकारीको वरिष्ठसँग कुरा गर्न माग गर्छन् र ढोका लक गर्छन्।

करिब तीन मिनेटसम्म बाहिर ननिस्किएपछि प्रहरीले झ्याल फोरेर उनलाई बाहिर निकालेको भिडियोमा देखिएको छ ।

प्रहरी अधिकारी बावरसले तयार पारेको गिरफ्तारी रिपोर्टमा म्याकनिलले आफ्नो चालक अनुमति पत्र, गाडीको कागजात र बीमा प्रमाण देखाउन इन्कार गरेपछि अतिरिक्त सहयोग मागिएको उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com