न्यूयोर्कसहित १५ राज्य नेपालको टीपीएस खारेजीविरुद्ध, अदालतमा एमिकस ब्रिफ दायर


प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार

न्युयोर्कसहित १५ राज्यका एटोर्नी जनरलहरु नेपालको टीपीएस खारेजीको विपक्षमा उभिएका छन् । उनीहरु नेपाल, होण्डुरस र निकारागुवाका आप्रवासीको टीपीएस खारजीको विपक्षमा उभिएका हुन् । ट्रम्प प्रशासनद्वारा गरिएको नेपाली लगायतको टीपीएस समाप्तिलाई चुनौती दिँदै एमिकस ब्रीफ बुझाउन न्युयोर्ककी एटोर्नी जनरल लेटिसिया जेम्ससहित १५ एटोर्नी जनरलहरु एकजुट भएका हुन् ।

न्यूयोर्कका एटोर्नी जनरल लेटिसिया जेम्सले १५ एटोर्नी जनरलहरूको गठबन्धनको सहनेतृत्व गरेकी छिन् । यो गठबन्धनले ट्रम्प प्रशासनद्वारा होन्डुरन, नेपाली र निकारागुआन आप्रवासीहरूको टीपीएस खोस्ने गैरकानूनी र आधारहीन प्रयास गरिएको भन्दै विरोध गरेका छन् ।

टीपीएस कार्यक्रम १९९० मा अमेरिकी संसदद्वारा स्थापित एक महत्वपूर्ण मानवीय लाइफलाइन रहेको उल्लेख गर्दै नेपाल लगायतको टीपीएस खारेजीविरुद्ध नेशनल टीपीएस एलाइन्सले दायर गरेको मुद्दामा एटोर्नी जनरलहरुको गठबन्धनले शुक्रबार एमिकस ब्रीफ बुझाएको हो । जसमा टीपीएस सुरक्षाहरू समाप्त गर्नुको विनाशकारी आर्थिक र मानवीय परिणामहरूमाथि प्रकाश पारिनुका साथै टीपीएस समाप्तीका योजनाहरु स्थगित गर्न अदालतलाई आग्रह गरिएको छ ।

न्यूयोर्क ठूलो, जीवन्त आप्रवासी समुदायको गौरवशाली घर भएको उल्लेख गर्दै एटोर्नी जनरल जेम्सले ६० हजार मानिसहरूको टीपीएस खारेज गर्नाले न्यूयोर्क र अन्य राज्यहरूमा अराजकता निम्त्याउने र आप्रवासी समुदायहरूमा डर जगाउने बाहेक अरू केही नगर्ने तथा उनीहरूको कानुनी स्थिति हटाएर ट्रम्प प्रशासनले हजारौं न्यूयोर्कवासीहरूलाई खतरामा पारिरहेको तथा देशभरका परिवारहरूलाई टुक्र्याइरहेको बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन ६ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले २०१५ को विनाशकारी भूकम्प पछि एक दशक भन्दा बढी समयदेखि अमेरिकामा टीपीएसको संरक्षणमा बसोबास र काम गरेका लगभग ७ हजार २ सय नेपाली आप्रवासीहरूको टीपीएस खारेज गर्ने निर्णय गरेकी थिइन् । जुलाई ८ मा होन्डुरस र निकारागुआको टीपीएस पनि खारेज गर्ने घोषणा गरिएको थियो । जसमा क्रमशः ५१ हजार र २९ सय आप्रवासीहरूको टीपीएस स्थिति खारेज हुनेछ।

एटोर्नी जनरलहरुले टीपीएसको समाप्ति स्थगित नगरिएमा तिनीहरूका राज्यहरूमा हजारौं होन्डुरन, नेपाली र निकारागुआन टीपीएसवाहक परिवारहरूलाई गम्भीर क्षति हुने चेतावनी दिएका छन् । २०२२ मा लगभग नेपाली टीपीएसवाहकका साथमा बस्ने अमेरिकी नागरिकहरु २३ हजार रहेको तथा होण्डुरस र निकागागुवा समेत कुल मिलाएर, १ लाख भन्दा बढी अमेरिकी नागरिकहरू मिश्रित स्थिति भएका घरपरिवारहरूमा बस्ने गरेको उल्लेख गर्दै मानिसहरू अहिले आफ्नो कानुनी स्थिति गुमाउने जोखिममा हुँदा पारिवारिक विभाजनको विनाशकारी जोखिम हुने जेम्सद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अब यी देशहरूका टीपीएसवाहकहरुसँग खतरा र अस्थिरताको सामना गर्दै आफ्नो परिवारलाई अमेरिकामा छोडेर एक्लै आफ्नो मूल देश फर्कने वा अमेरिकी नागरिक समेत रहेका आफ्ना परिवारका सदस्यहरूलाई उनीहरुले नचिनेको खतरनाक देशमा आफूसँगै लैजाने वा कानुनी रूपमा काम गर्न नसक्ने तथा कुनै पनि समयमा आफ्नो परिवारबाट खोसिन सक्ने थाहा पाएरै अमेरिकामा लुकेर बस्ने विकल्पमात्र रहेको वक्तव्यमा उल्लेख छ ।

न्यूयोर्क विभिन्न देशका लगभग ५६ हजार ८ सय टीपीएसवाहकहरुका लागि सुरक्षित घर रहेको तथा विशेष गरी न्यूयोर्क सिटीको क्वीन्स काउन्टी देशमा सबैभन्दा धेरै नेपाली आप्रवासीहरूको घर रहेको उल्लेख गर्दै एटोर्नी जनरल जेम्स र गठबन्धनले टीपीएसवाहकहरुले आफ्नो राज्यमा ठूलो फाइदा गरिरहेको कुरामा जोड दिएका छन् । यी व्यक्तिहरूलाई कानुनी हैसियतबाट वञ्चित गर्नाले राज्यको अर्थतन्त्र र कार्यबललाई हानि पुर्‍याउने उनीहरुको भनाई छ ।

एटोर्नी जनरलहरूले यी खारेजीहरू स्थगित गर्न तथा होन्डुरस नेपाल र निकारागुआका आप्रवासीहरूलाई सुरक्षा दिन प्रारम्भिक राहत जारी गर्न अदालतलाई आग्रह गरिरहेका छन्। एटोर्नी जनरल जेम्स र क्यालिफोर्नियाका एटोर्नी जनरल रोब बोन्टासँगै कनेक्टिकट, डेलावर, हवाई, इलिनोय, मेन, मेरील्याण्ड, म्यासाचुसेट्स, मिनेसोटा, नेभाडा, न्यु जर्सी, ओरेगन, भर्मन्ट र कोलम्बियाका एटोर्नी जनरलहरूले पनि अदालतमा ब्रिफ दायर गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com