मेडिकेड लिनेको ठेगानासहितको विवरण आप्रवासीलाई खोज्न आइसलाई हस्तान्तरण गर्ने सहमति


प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार

ट्रम्प प्रशासनले मेडिकेड प्राप्तकर्ताहरूको ठेगानासहितको व्यक्तिगत जानकारी अमेरिकन अध्यागमन एजेन्सी आइसलाई हस्तान्तरण गर्ने सम्झौता गरेको छ। अब आइसका अधिकारीहरूलाई देशभरका ७९ मिलियन मेडिकेड लिने व्यक्तिहरूको घरको ठेगाना र जातीय विवरण लगायतका व्यक्तिगत जानकारीमा पहुच उपलब्ध गराइने भएको छ । यो जानकारी गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई पत्ता लगाउन प्रयोग गरिनेछ।

सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेस र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबीच सोमबार हस्ताक्षर भएको सम्झौताले आइसलाई देशभर आप्रवासीहरुको ठेगाना पत्ता लगाउने क्षमता प्रदान गर्नेछ। यो सम्झौता अझै सार्वजनिक रूपमा घोषणा भने गरिएको छैन।

केही सांसदहरू र सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेसका अधिकारीहरूले डिपोर्टेशन अधिकारीहरूलाई केही राज्यका मेडिकेड प्राप्तकर्ताहरूको जानकारीमा पहुँच दिनुको वैधानिकतामाथि प्रश्न उठाएका छन्। आइसले डाटा प्रयोग गरेर आइसद्वारा पहिचान गरिएका विदेशीहरूको पहिचान र स्थान जानकारी प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।

यस्तो कार्यले आपतकालीन चिकित्सा सहायता खोज्ने व्यक्ति वा तिनका बालबालिकाहरूमा व्यापक त्रास उत्पन्न गर्न सक्ने देखिएको छ । अझै होमल्यान्ड सेक्युरिटीले यो जानकारीमा पहुँच प्राप्त गरिसकेको छ कि छैन भन्ने स्पष्ट छैन। यद्यपी डाटाबेसले आइस अधिकारीहरूलाई मेडिकेडमा संलग्न सबै व्यक्तिहरूको नाम, ठेगाना, जन्म मिति, जातीयता र नस्लीय जानकारीका साथै सोसल सेक्युरिटी नम्बरहरू खुलासा गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्य र संघीय रूपमा वित्त पोषित मेडिकेड कार्यक्रमले लाखौं बालबालिका समेत सबैभन्दा गरिब व्यक्तिहरूलाई स्वास्थ्य सेवा कभरेज प्रदान गर्छ। सम्झौताले आइस अधिकारीहरूलाई डाटा डाउनलोड गर्न अनुमति दिँदैन। तर उनीहरूलाई सेप्टेम्बर ९ सम्म सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सीमित अवधिका लागि यो जानकारीमा पहुँच दिइनेछ।

अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूका साथै केही वैधानिक रूपमा उपस्थित आप्रवासीहरूलाई मेडिकेड कार्यक्रममा संलग्न हुन अनुमति छैन । मेडिकेड राज्य र संघीय सरकारद्वारा संयुक्त रूपमा वित्त पोषित कार्यक्रम हो। तर, संघीय कानुनले सबै राज्यहरूलाई आपतकालीन मेडिकेड प्रदान गर्न बाध्य बनाउँछ, जुन एक अस्थायी कभरेज हो ।

आपतकालिन मेडिकेडले आपतकालीन कक्षमा जीवन रक्षक सेवाहरूका लागि मात्र भुक्तानी गर्छ, जसमा गैरअमेरिकी नागरिकहरू समेत समावेश छन्। आपतकालीन मेडिकेड प्रायः आप्रवासीहरू, वैधानिक र गैरवैधानिक दुवैले प्रयोग गर्छन्। धेरै व्यक्तिहरूले आफ्नो सबैभन्दा संकटपूर्ण क्षणहरूमा आपतकालीन मेडिकेडका लागि साइन अप गर्छन् ।

मेडिकेडका जानकारीलाई परम्परागत रूपमा कार्यक्रमको दुरुपयोग, धोखाधडी वा अपव्ययको अनुसन्धानका लागि कानुन प्रवर्तन उद्देश्यका लागि बाहेक एजेन्सी बाहिर साझेदारी गरिएको छैन । तर ट्रम्प टोलीले जानकारीलाई आक्रामक रूपमा खोजेको छ। गत महिना ट्रम्पका अधिकारीहरूले सात राज्यका लाखौं मेडिकेड प्राप्तकर्ताहरूको व्यक्तिगत रूपमा पहिचान गर्न सकिने जानकारी संघीय स्वास्थ्य एजेन्सीका कर्मचारीहरूलाई रिलीज गर्न माग गरेका थिए । ती राज्यहरुले गैरअमेरिकी नागरिकहरूलाई आफ्नो पूर्ण मेडिकेड कार्यक्रममा संलग्न हुन अनुमति दिन्छन्।

यी राज्यहरूले बाइडेन प्रशासनको समयमा यी कार्यक्रमहरू सुरु गरेका थिए । उनीहरूले ती आप्रवासीहरूको स्वास्थ्य सेवा लागतलाई कभर गर्न संघीय सरकारलाई बिल नगर्ने बताएका थिए। ती सबै राज्यहरु क्यालिफोर्निया, न्यूयोर्क, वाशिंगटन, ओरेगन, इलिनोय, मिनेसोटा र कोलोराडोमा डेमोक्रेटिक गभर्नरहरू छन्।म्

आइस अधिकारीहरूसँग डाटा साझेदारीले सांसदहरू र गभर्नरहरूबाट व्यापक विरोध उत्पन्न गरेको थियो। बीस राज्यहरूले यो कदमले संघीय स्वास्थ्य गोपनीयता कानुनहरूको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेका छन्। सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेसका अधिकारीहरूले पहिले यो डाटा साझेदारी रोक्न लडाइँ गरेका थिए त र असफल भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com