चालु आ.व.मा रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीको ग्रीनकार्ड र भिसा जारी हुन छिट्टै रोकिने


प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

आगामी केहीसातामा चालु आर्थिक बर्षका रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्ड र भिसा जारी हुन बन्द हुने चेतावनी अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिनमार्फत दिएको छ । चालु आर्थिक बर्षका लागि रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डको कोटा समाप्त हुने दिशामा रहेको उल्लेख गर्दै आगामी केही सातामा भिसा र ग्रिनकार्ड अनुपलब्ध हुनसक्ने चेतावनी दिइएको हो ।

यी श्रेणीका ग्रिनकार्डको प्रयोग बढ्दो संख्यामा रहेको उल्लेख गर्दै रोजगारमा आधारित दोश्रो श्रेणीमा भिसा र ग्रिनकार्ड जारी गर्ने कुल संख्या द्रुत गतिमा चालु आर्थिक बर्ष २०२५ को वार्षिक सीमा नजिक पुग्दै गर्दै भिसा बुलेटिनमा उल्लेख गरिएको छ । जसले गर्दा यो श्रेणीमा भिसा र ग्रिनकार्ड जारी गर्ने दरहरूमा सुस्तता आवश्यक भएको जनाउँदै अगस्तका लागि रोजगारमा आधारित दोश्रो श्रेणीको प्राथमिकता मिति समेत जुलाईको तुलनामा पछाडि धकेलिएको छ ।

यो श्रेणीमा भिसा र ग्रिनकार्ड जारी गर्ने वार्षिक सीमा अगस्टमा कुनै समयमा पुग्ने प्रक्षेपण समेत भिसा बुलेटिनमा गरिएको छ । यदि कुनै पनि समयमा भिसा र ग्रिनकार्डको वार्षिक सीमा पुगेमा प्राथमिकता श्रेणीलाई तुरुन्तै अनुपलब्ध बनाउन आवश्यक हुने र भिसा वा ग्रिनकार्डका थप अनुरोधहरू प्रकृयामा नलगिने भिसा बुलेटिनमा प्रष्ट पारिएको छ । यो अवस्थाको निरन्तर अनुगमन गरिने र तदनुसार कुनै पनि आवश्यक समायोजन गरिने विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

त्यस्तै रोजगारमा आधारित तेश्रो श्रेणीमा भिसा वा ग्रिनकार्डको माग र संख्या प्रयोग उच्च रहेको तथा ती श्रेणीहरुमा पनि जारी गर्ने भिसा वा ग्रिनकार्डको कुल बार्षिक कोटा पूरा हुन लागेको प्रष्ट पारिएको छ । जसका कारण सेप्टेम्बरमा फाइनल एक्सन डेटहरु पछाडि धकेल्न वा ती श्रेणीमा भिसा अनुपलब्ध बनाउन आवश्यक पर्ने चेतावनी दिइएको छ । यद्यपी सेप्टेम्बरभन्दा अगाडि पनि भिसा अनुपलब्ध हुनसक्ने ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगस्तको भिसा बुलेटिनमा रोजगारमा आधारित दोश्रो श्रेणी झन् पटाडि धकेलिएको छ भने अरु श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा टसमस भएको छैन । यूएससीआईएसले अगस्त महिनामा पनि रोजगारमा आधारित ग्रीनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएको छ।

अगस्त महिनामा पहिलो श्रेणीको हकमा पहिले जस्तै ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। अगस्त महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।

रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रीनकार्डका लागि अगस्त महिनामा आई ४८५ ग्रीनकार्ड आवेदन फाइल गर्न सकिने प्राथमिकता मिति १५ अक्टोबर २०२३ बाट अझ पछाडि सरेर १ सेप्टेम्बर २०२३ कायम भएको छ । यो श्रेणीमा अगस्तमा अमेरिकाभित्र हुनेहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा वा अमेरिकाबाहिर रहेकाहरूले भिसा अन्तर्वार्ता र आप्रवासी भिसा पाउनका लागि उनीहरुको आई १४० आवेदन १ सेप्टेम्बर २०२३ अगाडि फाइल गरिसकेको हुनुपर्छ ।

तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि अप्रिल १ , २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले अगस्त महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। यो मितिमा जुलाईका तुलनामा कुनै हलचल भएको छैन । अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा पनि अप्रिल १ , २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले अगस्त महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।

रोजगारमा आधारित तेस्रो श्रेणीका अनस्किल्ड कामदारहरूको हकमा जुलाई ८ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा अगस्त महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। जुलाईको तुलनामा यसमा पनि कुनै हलचल छैन । यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा जुलाई ८ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले अगस्त महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।

तर, चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारहरूका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रीनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अहिले उपलब्ध छैन। यसको मतलब अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रीनकार्डहरू उपलब्ध हुनेछैनन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com